PahiloPost

Sep 19, 2018 | ३ असोज २०७५

युनिभर्सिटी क्रिकेट कप : इशान पाण्डेको १२६ रन, टीयू र कसमस सेमिफाइनलमा


पहिलोपोस्ट

युनिभर्सिटी क्रिकेट कप : इशान पाण्डेको १२६ रन, टीयू र कसमस सेमिफाइनलमा

काठमाडौं : टीयू र कसमस कलेज कीर्तिपुरमा भइरहेको दोस्रो युनिभर्सिटी क्रिकेट कपको सेमिफाइनलमा प्रवेश गरेका छन्। मंगलवार भएको क्वाटरफाइनलमा जित हात पार्दै यी दुई टिमले अन्तिम चारमा स्थान बनाए।

कीर्तिपुरस्थित टीयू मैदानमा भएको पहिलो क्वाटरफाइनलमा कसमसले न्यु समिट कलेजलाई ४७ तथा दोस्रो क्वाटरफाइनलमा टीयूले क्यारेबियन कलेजलाई १३६ रनको फराकिलो अन्तरले हरायो।

टस हारेर पहिले ब्याटिङ गरेको कसमसले कमल सिंह ऐरीको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४९ रन बनाएको थियो। कमलले ३९ बल खेल्दै ४ चौका र ४ छक्काको मद्दतमा ५६ रन बनाए। यस्तै योगेन्द्र सिंह कार्कीले २५ तथा सन्दीप जोराले २४ रन जोडे।

बलिङमा न्यु समिटका जन्मेजय यादवले ४ तथा राजेश यादव र अनुप श्रेष्ठले २-२ विकेट लिए।

१५० रनको लक्ष्य पछ्याएको न्यु समिटले पुरै ओभर खेल्दा ८ विकेट गुमाएर १०२ रन मात्र बनाउन सक्यो। उसका लागि करण शाहले ३१ तथा शरद खड्काले २५ रन बनाएपनि पर्याप्त भए। बलिङमा कसमसका कुशल भुर्तेलले ३ विकेट लिए।

यस्तै इशान पाण्डेले नटआउट १२६ रन बनाएपछि दोस्रो क्वाटरफाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको टीयूले ४ विकेट गुमाएर २०७ रन बनाएकव थियो। इशानले ७६ बल खेल्दै १६ चौका र ५ छक्का प्रहार गरे। यस्तै कप्तान पृथु बास्कोटाले ३२ तथा सुवास खकुरेलले २४ रन जोडे। बलिङमा क्यारेबियनका तक्शदा सिम्खडाले २ विकेट लिए।

२०८ रनको उच्च लक्ष्य पछ्याएको क्यारेबियन ३ बल अगावै ७१ रनमा अलआउट भयो। उसका लागि सन्जिव अधिकारीले १६, अमित कुशवाहले १४ तथा जे प्रकाश गुपताले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।

क्यारेबियनलाई कम स्कोरमा अलआउट गर्न टीयूका विक्रम सोब, सागर ढकाल र पृथु बास्कोटाले ३-३ विकेट लिए।

१२६ रन बनाएका टीयूका इशान पाण्डे खेलको म्यान अफ दि म्याच घोषित भए।

 अब कसमस र टीयू बीच शुक्रवार पहिलो सेमिफाइनल खेल हुनेछ।



युनिभर्सिटी क्रिकेट कप : इशान पाण्डेको १२६ रन, टीयू र कसमस सेमिफाइनलमा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट