PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

वैज्ञानिक स्टिफन हकिङ्गको निधन



पहिलोपोस्ट

वैज्ञानिक स्टिफन हकिङ्गको निधन
Photo:AP

काठमाडौँः वैज्ञानिक स्टेफन हकिङ्गको निधन भएको छ। ७६ वर्षीय उनको निधन भएको परिवारलार्इ उदृत गर्दै बीबीसीले जनाएको छ। 

उनका सन्तानहरू लुसी, रोबर्ट र टीमले भनेका छन, ' हामी अत्यन्तै दुःखी छौँ।अाज हाम्रा प्रिय पिताको निधन भएको छ। उनी महान वैज्ञानिक थिए र एउटा पृथक मानिस पनि थिए जसका कार्यहरू वर्षौँसम्म रहिरहने छन्।'

सन् १९४२ जनवरी ८ मा अक्सफोर्ड वेलायतमा जन्मिएका उनले क्याम्ब्रिज विश्व विद्यालयमा पीएचडी पढेका थिए। 

उनलार्इ सन् १९६३ मा मोटर न्यरोनको संक्रमण भएको भन्दै दुर्इ वर्ष मात्र बाँच्न सक्ने चिकित्सकहरूले बताएका थिए। 

उनले व्ल्याक होल उत्सर्जन सम्बन्धि सिद्धान्त हकिङ्ग रेडिएशन सन् १९७४ मा प्रतिपादन गरेका थिए। 

उनको पुस्तक 'अ ब्रिफ हिस्ट्री अफ टाइम' सन् १९८८ मा प्रकाशति भएको थियो। उनको जीवनमा अाधारित रहेर चलचित्र दी थ्योरी अफ एभ्रिथिङ सन् २०१४ मा निर्माण भएको थियो।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell