PahiloPost

Dec 14, 2018 | २८ मंसिर २०७५


अब बलात्कारका घटना रोकिन्छन्ः प्रधानमन्त्री ओली


पहिलोपोस्ट

अब बलात्कारका घटना रोकिन्छन्ः प्रधानमन्त्री ओली
फोटो: प्रधानमन्त्रीको सचिवालय

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान गतिशील दस्तावेज भएकोले आवश्यकता र औचित्यका आधारमा संसोधन गर्न सकिने बताएका छन्। 

संसदमा विश्वासको मत दिएका प्रतिनिधि सभा सांसद, राष्ट्रिय सभा तथा प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सभाका सांसदहरुलाई  प्रधानमन्त्री निवास बालुवाटारमा धन्यवाद दिँदै ओलीले भने, ‘संविधान समयको माग अनुसार संशोधन हुन्छ, तर देशलाई नोक्सानी हुने गरी, अखण्डतामा असर पर्ने गरी संशोधन हुँदैन्। देशलाई थप एकताबद्ध पार्नका लागि संशोधन हुन्छ।’

प्रधानमन्त्री ओलीले सरकारलाई आतंककारी क्रियाकलाप क्षम्य नहुने बताए। ‘अप्राकृतिक, असामाजिक तत्वहरुले यस किसिमका क्रियाकलापबाट फाइदा लिन्छु भन्ने नसोचे हुन्छ,’ प्रधानमन्त्री ओलीले भने। 

सरकार हिंसा र अपराध रोक्न कडाइका साथ लागी पर्ने प्रतिवद्धता समेत जनाए। ‘अब बलात्कारका घटना रोकिन्छन्। महिला हिंसा विरुद्ध जागरण अभियान पनि चलाइन्छ,’ उनले भने, ‘कडा कानुन बनाएर कार्यन्वयन पनि गरिन्छ।’ 

‘प्रधानमन्त्री ओलीले केही तत्वहरुले सरकार बलियो हुँदा तानशाही हुने, लोकतन्त्र नहुने, सरकार अनुशासित भयो भने तानाशाह हुने, लोकतन्त्र नहुने, कानुनको राज भयो भने निरंकशुता हुने लोकतन्त्र नहुने जस्ता प्रचार गरेर जनतालाई भ्रमित पार्न खोजिरहेका छन्,’ उनले भने, ‘कुनै पनि कुराको समय हुन्छ। यसरी सत्यलाई छोपेर जनतालाई भ्रमित पार्ने समय सकियो। अब जनताले सत्य के हो भ्रम के हो आफै छुट्याउन सक्छन्।’

प्रधानमन्त्री ओलीले सांसदहरुलाई मर्यादामा बस्न निर्देशन दिँदै जनताको मतले आफूहरु सांसद भएको नभुल्न आग्रह गरे। ‘तपाईँका हरेक गतिविधि जनताको हितका निम्ति हुनुपर्छ। जनताले जे कुरा मन पराउँछन् त्यो गर्नुहोस, जे कुरा मन पराउँदैनन् त्यो गर्दै नगर्नुहोस,’ प्रधानमन्त्री ओलीले भने। 

प्रधानमन्त्री ओलीले देश बनाउनका लागि सबैले सदुपयोगको सिद्धान्त अपनाउनु पर्ने उनको भनाई थियो। ‘अब हरेक मिनेट समय, हरेकको बुद्धि, हरेकको पसिना, हरेक टुक्रा जमिन सदुपयोग गर्नुपर्छ,’  उजले भने, ‘यी सबै कुराको गाम्भीर्यतालाई बुझ्न सकियो भने देश निर्माण हुन समय लाग्दैन।’ 

देश भताभुंग अवस्थामा रहे पनि शुन्य अवस्थाबाट सुधार सुरु गरेर छिट्टै नै देशलाई यसरी समृद्ध बनाउन सकिने उनले बताए। 

कार्यक्रममा नेकपा(एमाले), नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टीका प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरुको उपस्थिती थियो।



अब बलात्कारका घटना रोकिन्छन्ः प्रधानमन्त्री ओली को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट