काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले 'पदमुक्त भइसकेका' प्रधान न्यायाधीशबाट पद तथा गोपनीयताको सपथ खाएकी छिन्।
सर्वोच्च अदालतबाट राष्ट्रपति भवनमा सपथ ग्रहणका लागि पुगेका प्रधान न्यायाधीश गोपाल पराजुलीलाई न्यायपरिषद सचिवालयले पदमुक्त भएको जनाएको छ। जतिखेर उनलाई पदमुक्त भएको पत्र सार्वजनिक भएको थियो, त्यतिखेर राष्ट्रपतिको सपथ ग्रहण सुरु भएको थिएन।
उनी पदमुक्त भएको पत्र कान्तिपुरले सार्वजनिक गर्दा राष्ट्रपति भवनमा औपचारिक कार्यक्रम सुरु भएकै थिएन।
न्यायपरिषद सचिवालयले प्रधान न्यायाधीश पराजुलीलाई 'पदमा नरहेको जानकारी' गराउँदै न्याय परिषद सचिवायलमा रहेको नागरिकता, शैक्षिक योग्यता, सिटरोल विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानोठीमी भक्तपुरबाट प्राप्त पत्रका आधारमा पराजुली गत साउन २१ गते नै ६५ वर्ष पूरा भइसकेको देखिएकाले सचिवस्तरीय निर्णयबाट पदमुक्त भएको उल्लेख छ। कान्तिपुरले पत्रसहित उनी पदमुक्त भएको सार्वजनिक गरेको थियो।
सम्बन्धित समाचार: