PahiloPost

Sep 20, 2018 | ४ असोज २०७५

डिपीएललाई आइसीसीको मान्यता


पहिलोपोस्ट

डिपीएललाई आइसीसीको मान्यता

काठमाडौं : चैत १७ गतेबाट हुने धनगढी प्रिमियर लिग डीपीएललाई इन्टरनेशनल क्रिकेट काउन्सिल आइसीसीले मान्यता दिएको हो।

आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले आइसीसीले मान्यता दिएको पुष्टी गरे। 'आजै मात्र आइसीसीले मान्यता दिएको पत्र पठाएको छ। त्यसका लागि आइसीसीले केही क्राइटेरिया तोकेको छ। हामीले रकमको बारेमा कन्सिडर गर्नका लागि रिक्वेस्ट गर्नेछौँ र त्यसपछि फेरी जानकारी गराउनेछौँ।' शाहीले पहिलोपोस्टसँग भने।

यस्तै शाही द्वारा जारी विज्ञप्तीमा आइसीसीका सिनियर क्रिकेट अपरेशन म्यानेजर क्लाइभ हिट्चकोकद्धारा प्रेषितपत्रमा आइसीसीले आफ्ना सम्पूर्ण सदस्य राष्ट्रहरुलाई रुस्लान डीपीएल–२ लाई आइसीसीको मान्यता रहेको जानकारी गराइसकेको समेत उल्लेख गरेको छ।

विज्ञप्तीमा भनिएको छ, 'आइसीसीको मान्यतासँगै प्रतियोगितामा सहभागी टोलीले कुनैपनि उच्चस्तरका विदेशी खेलाडीलाई टोलीसँग अनुबन्ध गर्न सहज भएको छ। रुस्लान डीपीएल–२ लाई आइसीसीले मान्यता दिँदै आफ्ना सम्पूर्ण सदस्यहरुलाई जानकारी गराउँनुले नेपाली घरेलु प्रतियोगिताले अन्तर्राष्ट्रियस्तरमा थप महत्व र उचाई हासिल गरेको हामीले महसुस गरेका छौं।'

यसअघि आइसीसीले गत डिसेम्वरमा काठमाडौंमा भएको एभरेष्ट प्रिमियर लिगलाई पनि मान्यता दिएको थियो।

प्रतियोगितामा काठमाडौं गोल्डन्स, विराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स, सिवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड र टीम चौराह धनगढीले सहभागिता जनाउँदैछन्। प्रतियोगिताको लागि फागुन ९ गते काठमाडौंमा अक्सन समेत भइसकेको छ।

सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले २५ तथा उपविजेताले १० लाख पाउनेछन्।



डिपीएललाई आइसीसीको मान्यता को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट