PahiloPost

Dec 12, 2018 | २६ मंसिर २०७५


कृष्णमोहन स्मृती खुल्ला ब्याडमिन्टन : महिला एकलको उपाधि नङसललाई


पहिलोपोस्ट

कृष्णमोहन स्मृती खुल्ला ब्याडमिन्टन : महिला एकलको उपाधि नङसललाई

काठमाडौं : ‘चौधौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला व्याडमिन्टन प्रतियोगिता–२०७४’ अन्तर्गत महिला एकलको उपाधि त्रिभुवन आर्मी क्लबकी नङसल तामाङले जितेकी छिन्। बुधवार सम्पन्न फाइनलमा नङसलले सोही क्लबका रसिल महर्जनलाई २१–१९, १९–२१, २१–१९ ले पराजित गर्दै च्याम्पियन बनिन्।

यसैगरी पुरुष एकलतर्फको सेमीफाइनलमा नेपाल एपीएफका दिपेश धामीले त्रिभुवन आर्मी क्लवका नविन श्रेष्ठलाई २१–१६, २१– १६ ले तथा त्रिभुवन आर्मी क्लवका रत्नजित तामाङले दार्चुलाका प्रिन्स दाहाललाई २१–१७, २१– १० ले पराजित गर्दै उपाधि भिडन्त पक्का गरे।

महिला युगलतर्फको सेमीफाइनलमामा एपीएफका पुजा श्रेष्ठ र शिक्षा श्रेष्ठको जोडीले त्रिभुवन आर्मी क्लवका रसिला महर्जन र अमिता गिरीको जोडीलाई २१–११, २१–१९ ले तथा त्रिभुवन आर्मी क्लवका नङसल तामाङ र अनुमाया राईको जोडीले झापाका जेसिका गुरुङ र सुनेना मुखियाको जोडीलाई २१–१४, ११–२१, २१–१८ ले पराजित गरी फाइनलमा प्रवेश गरेको छन्।      

यसैगरी ४५ वर्षमाथि भेन्ट्रान्स युगलतर्फको सेमीफाइनल खेलमा जेष्ठ व्याडमिन्टन एकेडेमीका नविनबावु श्रेष्ठ र श्याम पराजुलीको जोडीले काठमाडौंका भूमि गुरुङ र कर्ण शाहीको जोडीलाई २१–१८, २१–१३ ले तथा ग्यालेक्सी क्लवका राजु भुजु र हरिप्रसाद श्रेष्ठको जोडीले काठमाडौंका राजु महर्जन र सुनिल बज्राचार्यको जोडीलाई १४–२१, २१–१७, २१–१८ ले पराजित गरी फाइनलमा प्रवेश गरेका छन्।

पुरुष युगलतर्फको क्वार्टरफाइनल खमा त्रिभुवन आर्मी क्लवका रत्नजित तामाङ र नविन श्रेष्ठको जोडीले एपीएफका गौतम कठायत र विशाल प्रधानको जोडीलाई २१–१९, २१–१० ले, एपीएफका सुदिप सेढाँई र साजनकृष्ण ताम्राकारको जोडीले त्रिभुवन आर्मी क्लवका रुकेश महर्जन र पविन लिन्थेपको जोडीलाई २१–१७, २२–२४, २१–१७ ले, नेपाल पुलिस क्लवका दिपक बोहोरा र जीवन आचार्यको जोडीले त्रिभुवन आर्मी क्लवका सुरज महर्जन र प्रफुल्ल महर्जनको जोडीलाई ९–२१, २१–१४, २५–२३ ले तथा एपीएफका दिपेश धामी र विजित थापामगरको जोडीले बाँकेका रियाज अन्सारी र इरफान अन्सारीको जोडीलाई २१–१७, २१–११ ले पराजित गरी सेमीफाइनलमा प्रवेश गरेका छन्।

यसैगरी १७ वर्षमुनि पुरुष एकलतर्फको सेमीफाइनलमा त्रिभुवन आर्मी क्लवका प्रफुल्ल महर्जनले कैलालीका देवराज रानालाइ २१–११, २१–१० ले तथा दार्चुलाका प्रिन्स दाहालले त्रिभुवन आर्मी क्लवका रिजेन महर्जनलाई २१–४, २१–१७ ले पराजित गरी फाइनलमा प्रवेश गरेका छन्।



कृष्णमोहन स्मृती खुल्ला ब्याडमिन्टन : महिला एकलको उपाधि नङसललाई को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट