PahiloPost

Jun 23, 2018 | ९ असार २०७५

बास्केटबल लिग : आर्मीको लगातार नवौँ जित


पहिलोपोस्ट /पहिलोपोस्ट

बास्केटबल लिग : आर्मीको लगातार नवौँ जित
साउथ साइडर्सका सुब्रत राजोपाध्याय, फोटो : आर्को नेटवर्क

काठमाडौं : त्रिभुवन आर्मीले क्वीक्स होम एण्ड अवे बास्केटबल लिगमा लगातार नवौँ जित हासिल गरेको छ। लिग अन्तर्गत बुधवार भएको खेलमा आर्मीले बुढानिलकण्ड मुनिसिपालिटीलाई ८९-८४ ले हरायो।

बुढानिलकण्डको घरेलु कोर्ट गोल्फुटारमा भएको खेलमा आर्मीले पहिलो क्वाटर १८-२६ ले गुमाएको थियो। तर दोस्रो क्वाटरमा कमब्याक गर्दै ३०-१३ आफ्नो पक्षमा पारेको आर्मीले ४८-३९ को अग्रता बनायो। तेस्रो क्वाटर २०-२० को बराबरी भएको थियो। चौथो क्वाटरमा २१-२५ ले पछि परेपनि आर्मीले ५ अंकको अन्तरले खेल जितेको हो। आर्मीको जितमा सदी प्रदानले सर्वाधिक २० तथा रविन खत्रीले १८ अंक स्कोर गरे।

बुढानिलकण्डका विराज राना एक्लैले ३१ अंक स्कोर गरेपनि टिमलाई जिताउन सकेनन्।

८ टिम सहभागी लिगमा अपराजित रहदै ९ खेल जितेको आर्मी २७ अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा आसिन छ।

यस्तै बुधवारै भएको अर्को खेलमा साउथ साइडर्सले कीर्तिपुर बास्केटबल टिमलाई ६७-५७ ले पराजित गरेको छ। माइतिघरस्थित सेन्ट जेभिएरको कोर्टमा भएको भएमा साउथ साइडर्स १८-११, १४-१९, १६-१४, १९-१३ ले विजयी भयो। साइडर्सलाई लिगमा दोस्रो जित दिलाउन रविन गौतमले एक्लैले ३३ अंक स्कोर गरे।



बास्केटबल लिग : आर्मीको लगातार नवौँ जित को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट