PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अन्तराष्ट्रिय डकुमेन्ट्रीमा समेटियो फिल्म 'राज्जा रानी'



पहिलोपोस्ट

अन्तराष्ट्रिय डकुमेन्ट्रीमा समेटियो फिल्म 'राज्जा रानी'

राज्जा रानी मैथिली फिल्मलाई समेटेर नेपालस चाइल्ड ब्राइडसले अन्तराष्ट्रिय डकुमेन्ट्री तयार पारेको छ। नेपालका विभिन्न भागहरुमा छायाकंन गरिएको डकुमेन्ट्री सिगांपुरको च्यानल न्यूज एसियाबाट १२ मार्च २०१८ को दिन प्रसारण भयो। वृत्तचितरलाई टेलिभिजन च्यानल न्षूज एसियाले नै निर्माण गरेको हो।

नेपालमा बाल विवाह एवम् दाइजोको वर्तमान अवस्था र यसले निम्त्याउने नाकारात्मक असरहरुमाथि खोजमुलक डकुमेन्ट्री तयार पारेको नेपालस चाइल्ड ब्राइडसले जनाएको छ। फिल्ममा राज्जा रानीलाई बाल विवाह र दाइजो प्रथाको अन्त्यका लागि तयार पारिएको सृजनात्मक एवं कलात्मक अभियानको रुपमा व्याख्या गरिएको छ।

डकुमेन्टरीलाई सिगांपुरमा कार्य गर्दै आएका पाकिस्तानी फिल्ममेकर सहजाद हमिद अहमदले निर्माण तथा निर्देशन गरेका हुन्। त्यस्तै नेपालका क्यामराम्यान विष्णु घिमिरेले खिचेको डकुमेन्ट्रीमा बाल विवाह एवं दाइजो अन्त्यको लागि नेपाल सरकार तथा विभिन्न सरोकारवालाहरुको प्रयास र बाल विवाह र दाइजो उन्मुलन राष्ट्रिय अभियान, नेपालको पहलहरुलाई समेत समेटेको छ।

अभिनेत्री केकी अधिकार र अभिनेता नाजिर हुसेन अभिनित फिल्म ‘राज्जा रानी’को निर्माण आर्यन फिल्मस र भोर कम्पनीले गरेको हो। सम्भवत, नेपाली सिनेमा अन्तराष्ट्रिय डकुमेन्टरीमा समावेश भएको यो पहिलोपटक हो। याम थापाको निर्देशन र रमेश एमके पौडेल तथा राज कुमार महतोले निर्माण गरेको चलचित्र ‘राज्जा रानी’ मा केकी, नाजिरसंगै कामेश्वर चौरसिया, दीपक क्षेत्री, संगीता नापित लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

डकुमेन्ट्री यहाँ उपलब्ध छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell