PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पूनम पाण्डे र नताशा ल्याएर भैरहवामा क्यासिनोको ग्रान्ड ओपनिङ



पूनम पाण्डे र नताशा ल्याएर भैरहवामा क्यासिनोको ग्रान्ड ओपनिङ

उत्तेजक तस्बिरहरु सामाजिक सञ्जालमा राखेर चर्चामा आउन रुचाउने बलिउड अभिनेत्री पूनम पाण्डे र बलिउडमा काम गरिरहेकी सर्बियन मोडल नताशा स्तानकोभिकलाई ल्याएर भैरहवामा क्यासिनोको ग्रान्ड ओपनिङ गरिँदैछ। 

भैरहवामा खुलेको टाइगर प्यालेस रिसोर्टको ग्रान्ड ओपनिङका लागि आज शनिबार पूनम पाण्डेले लाइभ पफर्मेन्स दिँदैछिन्। हिजो शुक्रबार नताशाले पफर्म गरेकी थिइन्।  


ओपनिङका लागि युक्रेन र थाइल्यान्डबाट पनि नर्तकीहरु ल्याइएको छ। 

रुपन्देही तिलोत्तमा नगरपालिका–१७ कोटिहवामा अस्ट्रेलियाको कम्पनी सिल्भर हेरिटेज ग्रुपको ५ अर्ब २० करोड रुपैयाँ लगानीमा रिसोर्ट खोलेको हो। रिसोर्टले १५ बिघा क्षेत्रफल ओगटेको छ । रिसोर्ट भवनले मात्र दुई बिघा क्षेत्रफल ओगट्छ।  

रिसोर्ट सिल्भर हेरिटेज चेनअन्तर्गत सञ्चालन हुनेछ । सिल्भर हेरिटेजले हाल मकाउ, फिलिपिन्स, भियतनाम, कम्बोडिया, लाओस, ताइवानलगायतका देशमा क्यासिनो सञ्चालन गरिरहेको छ ।

रिसोर्ट निर्माणको काम अमेरिकाको हार्वर्ड बिजनेस स्कुलका स्कलर ह्यु होल्म्सले हेरेका थिए। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell