PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

विदामा गुडेका सहसचिवदेखि नगरपालिकासम्मका ५१ वटा गाडी प्रहरी नियन्त्रणमा



सविन ढकाल

विदामा गुडेका सहसचिवदेखि नगरपालिकासम्मका ५१ वटा गाडी प्रहरी नियन्त्रणमा
फाइल फोटो

काठमाडौँ: सार्वजनिक विदाको दिन अनुमति नलिई चलाइएका सरकारी गाडी प्रहरीले नियन्त्रणमा लिएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले शनिवार विभिन्न सरकारी निकायका ५१ वटा गाडी नियन्त्रणमा लिएको हो। प्रहरीले नियन्त्रणमा लिएका मध्ये २० वटा चारपाङग्रे र ३१ वटा दुईपाङग्रे रहेको महाशाखाका सहप्रवक्ता एसपी मुकुन्द मरासिनीले बताए।

प्रहरीले नियन्त्रणमा लिएका गाडीहरु मध्ये कृषि मन्त्रालयका सहसचिवदेखि नगरपालिकाका गाडीसम्म रहेका छन्। एसपी मरासिनीले भने, 'अनुमति नलिई विभिन्न मिटिङ र निजी काममा हिँडेका गाडीहरु नियन्त्रणमा लिएका हौं।'

गृहमन्त्री रामबहादुर थापा बादलले सार्वजनिक विदाको दिन अनुमति नलिई चल्ने सरकारी गाडी नियन्त्रणमा लिन निर्देशन दिएका  थिए।

सार्वजनिक विदाको दिन ब्यक्तिगत काममा सरकारी गाडी प्रयोग गर्ने प्रचलन बढेपछि गृहमन्त्रीले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई गाडी नियन्त्रण लिन निर्देशन दिएका हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell