PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनमा संविधान संशोधनको माग



राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनमा संविधान संशोधनको माग

काठमाडौं : राष्ट्रिय सभाको उपाध्यक्ष निर्वाचन सम्बन्धी छलफलमा संविधान संशोधनको माग उठेको छ। उम्मेदवारहरुको प्रस्ताव एवं समर्थन भइसकेपछि छलफलका लागि छुट्टयाइएको समयमा संविधान संशोधनको चर्चा गरिएको हो।

संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय सभा सदस्य रामपृत पासवानले संविधान संशोधन नभएसम्म देशमा स्थायी शान्ति नहुने दाबी गरे। उनले संविधान संशोधनका लागि दलहरुसँग माग समेत गरे।

पासवानले नेपालको संविधानको नामप्रति पनि आपत्ति जनाए। संविधानको नाम ‘संघीय लोकतान्त्रिक नेपालको संविधान’ हुनुपर्ने उनको जिकिर थियो। संघीयताका विषयमा जनता अहिले पनि ढुक्क हुन नसकेको उनले बताए।
 
पासवानलाई दिइएको तीन मिनेटको समय सकेपनि पासवानले बोलिरहेका थिए। माइकको लाइनसमेत काटिए पछि पनि उनी बोलिरहेका थिए।

त्यसपछि सम्बन्धित विषय र तोकिएको समयभित्र बोल्न राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले हाउसको ध्यानाकर्षण गराएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell