PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

स्वतन्त्र उम्मेदवार बनेर चौथोपटक राष्ट्रपतिको चुनावी मैदानमा पुटिन: इन्स्टाग्राममा भोट हालेको सेल्फी प्रतियोगिता



पहिलोपोस्ट

स्वतन्त्र उम्मेदवार बनेर चौथोपटक राष्ट्रपतिको चुनावी मैदानमा पुटिन:  इन्स्टाग्राममा भोट हालेको सेल्फी प्रतियोगिता
फोटो: एपी

मस्कोः रुसमा नयाँ राष्ट्रपति चयनका लागि आइतबार मतदान सुरू भएको छ। 

रुसको पूर्वी क्षेत्र काम्चाट्का र चोकोट्कामा आइतबार बिहान स्थानीय समय अनुसार ८ बजे मतदान सूरु भएको छ। 

निर्वाचन अधिकारीहरुले जनाएअनुसार स्थानीय समयानुसार आइतबार बिहान ८ बजेबाट सुरु भएको मतदानको समापनका लागि अरु कैयौँघन्टा लाग्नेछ। 

केन्द्रीय निर्वाचन आयोगका प्रमुख इल्ला पाम्फीलोभाले रुसका करिब ११ करोड नागरिक यस निर्वाचनमा सहभागि हुने जानकारी दिए। 

कुल मतदाता मध्ये करिब २० लाख नागरिक विदेशमा रहेको उनले बताए। उनीहरूका लागि विदेशमै मतदानको व्यवस्था मिलाइएको छ। 

मतदानका लागि देशभित्र ९७ हजार मतदान केन्द्र तोकिएको छ भने विदेशमा रहेका रुसी नागरिकका लागि पनि चार सय भन्दा बढी मतदान केन्द्रको व्यवस्था गरिएको बताइएको छ। 

झण्डै १५ सय अन्तर्राष्ट्रिय अनुगमनकर्ताहरुले निर्वाचनको अनुगमन गरिरहेका पनि अधिकारीले जानकारी दिएका छन्। ती अनुगमनकर्ताहरु १०९ देशबाट आएका हुन्। 

रुसका वर्तमान राष्ट्रपति भ्यादिमिर पुटिनसहित आठ जना उम्मेदवार राष्ट्रपति पदका लागि चुनावी मैदानमा हुनुहुन्छ। पुटिन स्वतन्त्र उम्मेदवार बनेर निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन्। 

उनीसँग लिवरल डोमोक्र्याटिक पार्टी अफ रसिया (एलडीपीआर) को तर्फबाट भ्लादिमिर झिरिनोम्सक्याफ्रम र कम्युनिष्ट पार्टी अफ द रसियन फेडेरेसन (सिपीआरएफ)बाट पाभेल ग्रुडीनीन, याब्लोको पार्टीबाट ग्रिगोरी याभ्लीङकी लगायतले प्रतिस्पर्धा गर्दै छन्। 

मतदानको दुइ दिनअघि रुसी जनतालाई विषेश सम्बोधन गर्दै राष्ट्रपति पुटिनले रुसको भविश्यका लागि मतदान गर्न आह्वान गरेको एपीले जनाएको छ। 

पुटिनसँग सात वटा चुनौतीहरू छन्। तर ती सबै वास्तविक चुनौती भने नभएको समाचारमा जनाइएको छ। 

पुटिनलार्इ चुनौती दिन सक्ने उम्मेदवार केसिया सोभचकलार्इ लिइएको छ। टिभी कार्यक्रम प्रस्तोता समेत रहेका उनले पुटिन सरकार विरूद्ध स्वतन्त्र अभियान चलाएका थिए।  

मस्कोमा मतदाताहरूलार्इ राष्ट्रपति पुटिनको समर्थनमा अायोजना गरिएको रक कन्सर्टमा सहभागि हुन निःशूल्क टिकट वितरण गरिएकोछ। 

त्यस्तै दक्षिणी क्षेत्र तमाबोभमा सरकार समर्थित युवा संसदले इन्स्टाग्राम कम्पिटिसनको अायोजना गरेको छ। 

मतदान स्थलमा भोट हाल्दै गर्दा सेल्फी खिचेर इन्स्टाग्राममा तस्विर हाल्न भनिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell