PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

ज्ञानेन्द्र र कोमल चैत ११ गते विराटनगर आउने, पैदलै मन्दिर दर्शनको तयारी



ज्ञानेन्द्र र कोमल चैत ११ गते विराटनगर आउने, पैदलै मन्दिर दर्शनको तयारी
फाइल फोटो

विराटनगर : पूर्व राजारानी ज्ञानेन्द्र र कोमल शाह विराटनगरको रामजानकी मन्दिर र अन्य मन्दिरमा दर्शन गर्न यही चैत ११ गते रामनवमीका दिन आउने भएका छन्।

ज्ञानेन्द्र र कोमल दुई हप्तादेखि झापाको दमकस्थित आफ्नै चिया बगानमा छन्।

पूर्व राजारानीको स्वागतका लागि तत्कालीन मोरङ जिल्ला विकास समितिका पूर्व अध्यक्ष वल्लभ दाहालका अध्यक्षतामा २ सय २५ सदस्यीय समिति गठन गरिएको छ।

‘शुद्ध धार्मिक भ्रमण हो’, दाहालले भने, ‘विराटनगरको काली मन्दिर दर्शन गरी पैदलै भ्रमण गरेर बिचका मन्दिर दर्शन गर्दै रामजानकी मन्दिरमा आउने कार्यक्रम छ ।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell