PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

दुुर्घटनामा मोटरसाइकल चालकको मृत्यु



पहिलोपोस्ट

दुुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

नवलपरासीः पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्व नवलपरासीको कावासोती नगरपालिका–८ थकाली चोकमा आइतबार भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ।

दुर्घटनामा परी घाइते मोटरसाइकल चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० निवासी २० वर्षीय रामबहादुर आलेको उपचारका लागि भरतपुर लगिने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। बा२ख ३९२२ नंको माइक्रो र विपरीत दिशाबाट आएको लु ३४ प ७०८६ नंको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो।

दुर्घटनामा मोटरसाइकलमा सवार अन्य एक जना घाइते भएका छन्।

यसैबीच कावासोतीको कालीगण्डकी चोकमा दुई वटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ। पूर्वबाट पश्चिमतर्फ गइरहेको ग ४ प ६५२१ नम्बरको बाइक र विपरीत दिशाबाट आइरहेको लु ३५ प ६४२८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। घाइतेको कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell