PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

निर्वाचन वर्ष २०७४: आयोगले पूरा गर्‍यो आठ निर्वाचन, कुन निर्वाचन कहिले हेर्नुस् टाइमलाइन



पहिलोपोस्ट

निर्वाचन वर्ष २०७४: आयोगले पूरा गर्‍यो आठ निर्वाचन, कुन निर्वाचन कहिले हेर्नुस् टाइमलाइन

काठमाडौँः निर्वाचन आयोगले संघीय संरचना अनुसारका सबै तह र पदाधिकारीको निर्वाचन सम्पन्न गरेको छ। चैत ९ गतेका लागि तय भएको उपराष्ट्रपति निर्वाचन समेत समयअगावै सकिएपछि आयोगले तीनै तह र पदाधिकारी चुनाव सकेको हो।

संवैधानिक व्यवस्था अनुसार पहिलोपटक राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन निर्वाचन आयोगले गरेको हो। राष्ट्रपतिका लागि निर्वाचन भए पनि उपराष्ट्रपति निर्विरोध चयन भएको छ।

आयोगले स्थानीय तहमा तीन चरणमा निर्वाचन सम्पन्न गरेको थियो। पटकपटक निर्वाचन सार्दै आयोगले तीन चरणमा स्थानीय तह निर्वाचन गरेको थियो। संघीय संरचना कार्यान्वयनको पहिलो चरण स्थानीय निर्वाचनपछि आयोगले दोस्रो चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेको थियो।

प्रदेश र प्रतिनिधिसभा निर्वाचन पनि दुई चरणमा सम्पन्न भएका थिए। फरक फरक संरचना भए पनि आयोगले एकैपटक दुई चरणमा दुबै तहको निर्वाचन सम्पन्न गरेको थियो।

आयोगले पहिलो चरणमा उच्च हिमाली क्षेत्रमा जिल्लाहरुमा मंसिर १० गते र दोस्रो चरणमा अन्य जिल्लाहरुमा मंसिर २१ गते चुनाव सम्पन्न गरेको थियो।

आयोगले संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभा निर्वाचन माघ २४ गते सम्पन्न गरेको थियो।

 

निर्वाचन टाइमलाइन

स्थानीय तह

पहिलो चरण : २०७४ वैशाख ३१

दोस्रो चरण : २०७४ असार १४

तेस्रो चरण : २०७४ असोज २


प्रदेश/प्रतिनिधिसभा

पहिलो चरण : २०७४ मंसिर १०

दोस्रो चरण : २०७४ मंसिर २१

राष्ट्रियसभा निर्वाचन : २०७४ माघ २४

राष्ट्रपति : २०७४ फागुन २९

उपराष्ट्रपति २०७४ चैत ९ गतेका लागि तय (एकल मनोनयन दर्ता भएकाले निर्विरोध)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell