PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

एफए कप : पेड्रोले अतिरिक्त समयमा गोल गरेपछि चेल्सी सेमिफाइनलमा



पहिलोपोस्ट

एफए कप : पेड्रोले अतिरिक्त समयमा गोल गरेपछि चेल्सी सेमिफाइनलमा

पेड्रो रोड्रिगेजले अतिरिक्त समयमा गरेको गोल मद्दतमा चेल्सी लेस्टर सिटीलाई २-१ ले पराजित गर्दै एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

लेस्टरको मृदान भएको खेलमा अल्भारो मोराटाले ४२औँ मिनेटमा गोल गर्दै चेल्सीलाई पहिले अग्रता दिलाएका थिए। तर ७६औँ मिनेटमा जेमी भार्डीले घरेलु टोली लेस्टरका लागि बराबरी गोल गरेपछि निर्धारित समयको खेल १-१ मा सकिएको थियो। त्यसपछि थप गरिएको ३० मिनेटको १५औँ मिनेटमा पेड्रोले गोल गर्दै चेल्सीलाई जित दिलाए।

अर्को खेलमा साउथह्याम्पटनले विगन एथ्लेटिकलाई २-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। साउथह्याम्पटनको लागि पिएरे एमिली होएजबर्ग र सेड्रिक सोएसरले एक-एक गोल गरे।

अब सेमिफाइनलमा म्यानचेष्टर युनाइटेड र टोटनहम तथा चेल्सी र साउथह्यापटनबीच प्रतिस्पर्धा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell