PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

युएस बंगला विमान दुर्घटना: शव लिन बंगलादेशको सेनाको विमान काठमाडौं आउँदै



पहिलोपोस्ट

युएस बंगला विमान दुर्घटना: शव लिन बंगलादेशको सेनाको विमान काठमाडौं आउँदै
Photo: thedailystar.net

काठमाडौँः गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगला विमान दूर्घटनामा ज्यान गुमाएका २३ बंगलादेशी नागरिकको शव आज बंगलादेश लैजाने तयारी गरिएको छ। शव लिन बंगलादेशको सेनाको विशेष विमान काठमाडौं आउँदैछ।

मृतक २६ मध्ये तीन बंगलादेशी नागरिकको शव सनाखत हुन नसकेको त्रिवि शिक्षण अस्पतालका फरेन्सिक डा हरिहर वस्तीले बताए।

बंगलादेशको ढाका संवाद समितिले आज चार बजेसम्म शव बंगलादेश पुग्ने जनाएको छ। दिउँसो साढे १ बजे विमान अाइपुग्ने जनाइएकाे छ।

दुर्घटनाका घाइतेमध्ये दुई जना सिंगापुर लगिएको छ। पाँच जना बंगलादेश फिर्ता भइसकेका छन्। नेपालमा उपचाररत दुईमध्ये एकलाई सोमबार भारतको नयाँ दिल्ली पठाउने तयारी गरिएको छ।   

शव लिन सेनाको कार्गो विमानसँगै युएस बंगला एयरलाइन्सको विमान पनि काठमाडौं आउने बताइएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell