PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

उपचारका लागि इरफान लन्डनतिर



पहिलोपोस्ट

उपचारका लागि इरफान लन्डनतिर

उपचारका लागि बलिउड स्टार इरफान खान केही समय बेलायतमा रहने भएका छन्। लन्डनमा उनको उपचारको व्यवस्था मिलाइएको छ। लन्डनमा रहँदै आएका भारतीय मुलका चिकित्सकको निगरानीमा उनको उपचार हुने छ। हलिउडमा समेत स्थापित भइसकेका इरफान खानको स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गर्दा न्युरोइन्क्रिन ट्युमर रहेको पहिचान भएको थियो।  

इरफानका नजिकका एक साथीले भने, 'इरफानलाई उनका नजिकका डाक्टरले परीक्षण गरेका छन्। साथै तत्काल रोगले उनलाई ठूलो असर नपर्ने र त्यसलाई नियन्त्रण गर्न सकिने बताएका छन्। इरफान र उनकी पत्नीले भारतीय डक्टरसँग उपचारका लागि सहमति जनाएका हुन्।' 

त्यसो रोग पहिचान भएलगत्तै इरफानको अमेरिकामा उपचार गर्ने तयारी थियो। लन्डनमा उपचार राम्रो हुनेमा इरफान विस्वस्त भएपछि निर्णय फेरिएको थियो। त्यसैले अबका केही महिना इरफान लन्डनमा हुनेछन्।

इरफान खान र दीपिका पादुकोणलाई लिएर फिल्म बनाइरहेका विशाल भारद्वाजले तत्काललाई फिल्म रोकेका छन्। इरफान र दीपिका दुवै अस्वस्थ भएकाले फिल्म रोकिएको उनले जानकारी दिएका छन्। इरफानलाई सीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले ठीक भएपछि मात्रै काम अगाडि बढाउने बताएका हुन्।

दीपिका भने 'ब्याक पेन'ले प्रभावित छिन्। फिल्म पद्मावतको सुटिङमा उनी घाइते भएकी थिइन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell