PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बंगलादेशका वरिष्ठ मन्त्रीहरुको उपस्थितिमा शव हस्तान्तरण



पहिलोपोस्ट

बंगलादेशका वरिष्ठ मन्त्रीहरुको उपस्थितिमा शव हस्तान्तरण
फोटो: thedailystar.net

ढाका : युएस बंगला विमान दुर्घटनामा परी मृत्यु भएका २३ जनाको शव आफन्तलाई हस्तान्तरण गरिएको छ। बंगलादेशको राजधानी ढाकास्थित आर्मी रंगशालामा आज मृतकप्रति श्रदाञ्जली प्रकट गर्दै शव परिवारलाई हस्तान्तरण गरेको डेली स्टार अनलाइनले जनाएको छ।

काठमाडौंबाट उडेको बंगलदेशी सेनाको विमान ढाकाको शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा ४ बजे पुगेको थियो। यातायात मन्त्री अबैदुल क्वदेरको उपस्थितिमा मृतकका आफन्तलाई समवेदना प्रकट गरेपछि शव हस्तान्तरण गरिएको हो। उनीहरुलाई श्रदान्जली दिन सभामुख सिरिन शरमीन, विदेश मन्त्री अह महमद अली, नागरिक उडड्यन मन्त्री शहजहान कमल, योजना मन्त्री मुस्ताफा कमललगायतको उपस्थिति थियो।

युएस बंगला विमान दुर्घटनामा ज्यान गुमाएका २३ बंगलादेशीको शव आज बंगलादेश लगिएको थियो। आज दिउँसो साढे १ बजे बंगलादेशी सेनाको विमानले उनीहरुको शव लगेको हो। तीन बंगलादेशीको शव सनाखत हुन सकेको छैन। ती शव त्रिवि शिक्षण अस्पतालमै छ।

सोमबार बंगलादेशबाट काठमाडौं आउँदै गरेको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना हुँदा २६ ब‌ंगलादेशीको मृत्यु भएको थियो। उक्त दुर्घटनामा परी चीनका एक, माल्दिभ्सका एक र २१ नेपालीको मृत्यु भएको थियो। विमानमा चालक दलका चार सदस्यसहित ७१ यात्रु सवार थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell