PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ओडिआई स्ट्याटस प्राप्त नेपाली क्रिकेट टोलीको भव्य स्वागत

ओडिआई स्ट्याटस प्राप्त नेपाली क्रिकेट टोलीको भव्य स्वागत

गोविन्दराज नेपाल/पहिलोपोस्ट


काठमाडौं : जिम्बावेमा भइरहेको क्रिकेट वर्ल्डकप क्वालिफायरमा प्रतिस्पर्धा गरेर पहिलो पटक वान डे इन्टरनेशनल ओडिआई स्ट्याटस प्राप्त गरेको नेपाली क्रिकेट टोली सोमवार स्वदेश आइपुगेको छ।

कप्तान पारस खड्कासहित खेलाडी तथा अफिसियलहरुलाई नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्ट लगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरे।

सुपर सिक्स पुग्दै ओडिआई स्ट्याटस हात पार्ने लक्ष्यसहित जिम्बावे पुगेको नेपाली टोली सुपर सिक्स पुग्न नसकेपनि ओडिआई स्ट्याटस हात पार्दै नेपाललाई ऐतिहासिक सफलता दिलाएका थिए।

नेपालले समूह चरणमा लगातार तीन खेल हारेपनि समूह चरणको अन्तिम खेलमा हङकङ तथा प्लेअफमा पपुअ न्यूगगिनीलाई पराजित गर्दै ओडिआई स्ट्याटस पक्का गरेको थियो। अन्तिम खेलमा नेदरल्याण्ड्ससँग पराजित हुँदै नेपाल आठौँ भएको हो।

विमानस्थलमा सञ्चारकर्मीहरुसँग बोल्दै कप्तान पारस खड्काले ओडिआई स्ट्याटस पाउने सपना पुरा भएको प्रतिक्रिया दिए। 'हाम्रो क्रिकेट इतिहासमै सबैभन्दा ठूलो उपलब्धी हासिल गरेका छौँ।  हामी खेलाडीहरुले धेरै वर्षअघि देखेको सपना पुरा भएको छ। ओडिआई स्ट्याटस पाएको छौँ। आशा छ अबको ४ वर्षमा राम्रो क्रिकेट खेलेर नेपाली क्रिकेटलाई अझै माथि पुर्‍याउनेछौँ।'



ट्रेन्डिङ पोस्ट

Ncell