PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

अबको लक्ष्य वान डे वर्ल्डकप खेल्ने र टेष्ट नेशन बन्ने : कप्तान पारस खड्का

अबको लक्ष्य वान डे वर्ल्डकप खेल्ने र टेष्ट नेशन बन्ने : कप्तान पारस खड्का

गोविन्दराज नेपाल/पहिलोपोस्ट


काठमाडौं : पहिलो पटक ओडिआई स्ट्याटस हात पार्दै नेपाली क्रिकेट टोली सोमवाल स्वदेश आइपुगेको छ। नेपाललाई उक्त सफलता दिलाउने टिमका कप्तान पारस खड्काले अबको लक्ष्य वान डे वर्ल्डकप खेल्ने र टेष्ट नेशन बन्ने रहेको बताएका छन्।

विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै पारसले भने ;'खेलाडीहरुले धेरै वर्ष अघि देखेको सपना पुरा भएको छ। ओडिआई स्ट्याटस पाएका छौँ। अबको ४ वर्ष अझै राम्रो क्रिकेट खेल्नेछौँ। पारसले भने अबको लक्ष्य भनेको वान डे वर्ल्ड खेल्ने र टेष्ट नेशन बन्ने हो।'

कप्तान पारसले खेलाडीले आफ्नो जिम्मेवारी सँधै पुरा गरिरहेको र अबको जिम्वारी सबैको रहेको बताए। 'हामीले जिम्मेवारी पुरा गरिरहेकै छौँ। अब खेलाडी पदाधिकारीसँगै देशको पनि जिम्मेवारी बढेको छ नेपाली क्रिकेटलाई कसरी हेर्ने भनेर।'

'अब ओडिआई स्ट्याटस पाएपछि प्रोफेसनल सेट गर्नुपर्छ। घरेलु संरचना बनाउनुपर्छ। राम्रो क्रिकेट संरचना बनाएर अगाडी बढ्नुपर्छ।'

पारसले अब मैदान बाहिरका नराम्रो कुरा सुधार गर्दै अगाडी बढ्नपर्ने प्रतिक्रिया दिए। 'सबैजना मिलेर अगाढी बढ्नुपर्छ। मैदान बाहिरका नराम्रा पक्ष सुधार गर्नुपर्छ र सुधार गर्ने अवसर पनि छ। अब व्यक्ति भन्दा पनि क्रिकेट हेरे अगाडी बढ्नुपर्छ।'



ट्रेन्डिङ पोस्ट

Ncell