PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

स्कुटर दुर्घटनामा एकको मृत्यु



पहिलोपोस्ट

स्कुटर दुर्घटनामा एकको मृत्यु

रुपन्देहीः रुपन्देहीमा स्कुटर दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवलको वडा नं २ पाखापानीमा आज बिहानै भएको सडक दुर्घटनामा सैनामैना–४ शान्तिटोलका २८ वर्षीय अजित सलामी थापाको मृत्यु भएको र दुई घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामप्रकाश शाहले जानकारी दिए।

दुर्घटनामा स्कुटर पछाडि सवार सैनामैना–३ बस्ने सञ्जय पटेल र विक्रम थारू घाइते भएका छन्। उनीहरुको अवस्था सामान्य रहेको शाहले बताए। पश्चिमबाट बुटवल आउँदै गरेको लु १ च १५८८ नम्बरको कारमा विपरीत दिशाबाट जाँदै गरेको लु ३६ प ४३१४ नम्बरको स्कुटर ठक्कर खाँदा दुर्घटना भएको हो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell