PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सहमतिपछिको नयाँ समीकरण : कुन दल कता ?



सहमतिपछिको नयाँ समीकरण : कुन दल कता ?

  • पहिलोपोस्ट -
काठमाडौँ : सोमबार रातिको १६ बुँदे सहमतिपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको ३० दलीय मोर्चा फुटेर नयाँ समीकरण बनेको छ। प्रचण्डले सहमतिबारे जानकारी दिन मंगलबार सिंहदरबारमा बैठक डाक्दा तीन मधेसकेन्द्रित दल सहभागी भएनन्। मोर्चामा संविधानसभा भित्र रहेका १८ दल थिए। 

मोर्चमा आवद्ध समाजवादी जनता पार्टीका प्रेमबहादुर सि‌हका अनुसार उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी र महन्थ ठाकुर नेतृत्वको तमलोपा बैठकमा सहभागी भएनन्। 

अशोक राई नेतृत्वको सं‌घीय समाजवादी र महेन्द्र राय यादव नेतृत्वको तराई मधेस सदभावनालाई भने बैठकमा डाकिए पनि नेताहरु जिल्ला बाहिर भएका कारण सहभागी नभएको सिंहले जानकारी दिए। 

संविधानसभा बैठकमा सहभागी हुने निर्णय

एमाओवादी नेतृत्वको गठबन्‍धनका १३ दलले संविधान सभाको बैठकमा आजदेखि सहभागी हुने निर्णय गरेको छ। यसअघि सत्तारुढ दलले बहुमतीय प्रक्रियाबाट पेल्न खोजेको आरोप लगाउँदै गत वर्ष माघदेखि मोर्चामा आवद्ध दलले संविधानसभाको बैठकमा सहभागी नहुने निर्णय गरेको थियो। 

तीन दल भने आज सहभागी नहुने

फोरम नेपाल, सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी  संविधान सभाको आजको बैठकमा नजाने फोरम नेपालका सभासद शिवजी यादवले बताए। आगामी बैठकहरुमा जाने नजाने निर्णय भइनसके पनि आजको बैठकमा भने सहभागी नहुने उनको कथन थियो। 

संविधानसभामा फोरम नेपालका १०, सद्भावना पार्टीको ६ र तमलोपाका ११ सभासद् छन्।  त्यसैगरी एमाओवादी मोर्चाको बैठकमा नजाने संघीय समाजवादी पार्टी नेपालका ५ र तराई मधेश सद्‍भावना पार्टीका ३ सभासद् छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell