PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नेपाल र नेदरल्याण्ड्सबीच ४ वटा टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट हुने



काठमाडौंं: नेपाल र नेदरल्याण्ड्सबीच चारवटा टी-ट्वान्टी प्रतियोगिता हुने भएको छ। दुई देशबीच हुने यी चारवटै खेललाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले अन्तर्राष्ट्रिय टी-ट्वान्टीको मान्यता दिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले टी-ट्वान्टी प्रतियोगिताका लागि गरेको अनुरोधलाई नेदरल्याण्ड्स क्रिकेट बोर्डले स्वीकृत गरेको हो। 'हामीले यसअघि अन्य देशलाई पनि प्रतियोगिताका लागि हनुरोध गरेका थियौं,' क्यानकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले भनिन्, 'नेदरल्याण्ड्सले स्विकृति जनाएको छ। यो हाम्रो लागि खुसीको कुरा हो।' 

क्यानले यसअघि सिंगापुरलगायत देशसँग टी-ट्वान्टीका लागि अनुरोध गरेपनि त्यो सम्भव भएको थिएन। नेदरल्याण्ड्स क्रिकेट बोर्डसँग भने क्यानले आइसीसीमार्फत नै प्रस्ताव गरेको थियो। 

नेपाल र नेदरल्याण्ड्सबीच असार १५, १६, १७ र १८ गते खेल हुनेछ। सबै खेल नेदरल्याण्ड्सको एम्स्टेल्भीनको भिआरए क्रिकेट मैदानमा हुनेछन्। सबै खेल नेपाली समय अनुसार रातको पौने ९ बजेबाट सुरु हुनेछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell