PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

फोटोमा हेर्नुस् हलिउड स्टार ज्याकी चानले यसरी राहत सामाग्री बाँडे



काठमाडौं: भूकम्प पीडितलाई सहयोग गर्न मंगलबार काठमाडौँ आएका एक्सन स्टार ज्याकी चानले ललितपुरमा भूकम्प पीडितलाई राहत वितरण गरे।  

उनले जावलाखेलमा असक्तहरुलाई राहत वितरण गरेका हुन्। उनी च्यारीटी फाउन्डेसनका अन्य पदाधिकारीका साथ आएका थिए। उनले भूकम्प पीडितका लागि संकलित पाँच हजार प्याकेट 'फ्यामिली प्याक' राहत सामाग्री लिएर आएका थिए। 


'उहाँले आज सिम्बोलिक रुपमा केही सामाग्री वितरण गर्दै हुनुहुन्छ,' नेपाल रेडक्रस सोसाइटीका दिव्यराज पौडेलले भने, 'राहत वितरणपछि उहाँ आजै फर्किने कार्यक्रम छ।' फ्यामिली प्याकमा रेनकोट, स्लिपिङ ब्याग, टुथ पे्सट, टुथ ब्रस लगायत सरसफाइका सामान रहेका छन्।

राहत वितरणपछि उनी आजै चीन फर्कने कार्यक्रम छ। चानले भूकम्पपीडितका लागि एक लाख डलर सहयोग गरिसकेका छन्। हङकङमा जन्मिएका ६१ वर्षीय चान युनिसेफका सदभावना दूत पनि हुन्। एसियामा आएको सुनामीका बेला पनि उनी परोपकारी काममा जुटेका थिए।   















@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell