PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

दुई दिनदेखि चार म्याग्निच्युडमाथिका भूकम्प रेकर्ड भएनन्



दुई दिनदेखि चार म्याग्निच्युडमाथिका भूकम्प रेकर्ड भएनन्

काठमाडौँ : वैशाख १२ को विनाशकारी भूकम्पपछि लामो समयसम्म जारी परकम्पको शृङ्खला सोमबारदेखि रोकिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार र मंगलबार चार म्याग्निच्युडमाथिका कुनै पनि भूकम्प रेकर्ड भएका छैनन्। 

पछिल्लो पटक आइतबार राति १० बजेर ३५ मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प केन्द्रले रेकर्ड गरेको थियो। यसको केन्द्रबिन्दु दोलखा थियो। 

त्यसअघि हरेक दिन कम्तिमा एउटा चार म्याग्निच्युडमाथिका परकम्प हुन्थे। वैशाख १२ को भूकम्पपछि ३०४ वटा यस्ता परकम्प केन्द्रमा रेकर्ड भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell