PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

​नेपाली युवकले जिते म्याकडोनाल्ड्सको म्यानेजर अफ दि इयरको अवार्ड



​नेपाली युवकले जिते म्याकडोनाल्ड्सको म्यानेजर अफ दि इयरको अवार्ड

भक्तपुर : भक्तपुरका एक नेपाली युवकले अन्तर्राष्ट्रिय फास्टफुड चेन म्याकडोनाल्ड्सको ‘दि रे क्रक अवार्ड’ (म्यानेजर अफ दि इयर २०१५) पाएका छन् । 

भक्तपुरको दत्तात्रय घर भई छ वर्षदेखि बेलायतमा पढ्दै आएका २५ वर्षका प्रमेशराज गिरीले म्याकडोनाल्ड्स युरोप भरका एक हजार ४०० प्रतिस्पर्धीलाई पछि पार्दै उक्त अवार्ड हात पारेका हुन् । 

बेलायतमा रेस्टुराँको व्यापार वृद्धिका लागि गरेको योगदानका आधारमा म्याकडोनाल्ड्सले हरेक वर्ष प्रदान गर्ने उक्त अवार्ड यस वर्ष नेपाली युवाले जितेका हुन् । 

यसै साता चेक गणतन्त्रको राजधानी प्रागस्थित कोरिनथिया होटलमा आयोजित सम्मान कार्यक्रममा गिरीलाई सो अवार्ड प्रदान गरिएको बेलायतबाट उनले बताए।  

अमेरिकी फ्रेन्चाइज कम्पनी म्याकडोनाल्ड्सका संस्थापक रे क्रकको नाममा स्थापना गरिएको सो अवार्ड पाएपछि गिरीले भने “बेलायतमा अध्ययनसँगै रोजगारीका लागि सङ्घर्ष पनि धेरै हुन्छ, मेरो सङ्घर्ष र इमान्दारिताको कदर बेलायतमा भएको छ, यसले नेपालको नाम अझ उच्च भएको छ ।” रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell