PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

​फोटोमा हेर्नुस् : टुँडिखेलको 'मानव बस्ती'



​फोटोमा हेर्नुस् : टुँडिखेलको 'मानव बस्ती'

  • अंगद ढकाल/पहिलोपोस्ट-
काठमाडौं : वैशाख १२ गतेको भूकम्प र त्यसपछि लगातार आएका परकम्पका कारण धेरैको घर भत्कियो, कतिपयको चर्किएर भित्र पस्नै नहुने भयो। परकम्पहरु नरोकिएका कारण धेरै मानिसहरु अझै घरभित्र जान सकेका छैनन्।

भूकम्पले पीडित बनाएका मानिसहरुमध्ये धेरै जना टुँडिखेलमा त्रिपालमुनि बास बसिरहेका छन्। पहिले खाली रहेको टुँडिखेल अहिले मानवबस्ती बनेको छ। त्यसैले यहाँको चहलपहल कुनै बस्तीको भन्दा भिन्न छैन। एउटै टेन्टमा तीन देखि चार परिवारसम्म अटाएका छन्। 

त्रिपालमुनिको घर भएपनि मानिसको दैनिकी आफ्नै घरमा भन्दा भिन्न छैन. केवल नयाँ र साँघुरो ठाउँका कारण उनीहरु त्यहाँको बसोबासमा अभ्यस्त देखिँदैनन्। भूकम्पको परकम्प विस्तारै कम हुन थालेको छ। तर टुँडिखेलको यो बस्ती कहिले उठ्ने हो थाहा छैन।

हेर्नुहोस् तस्बिरहरु : 






















@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell