PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

​प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट आजदेखि



​प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट आजदेखि

काठमाडौं: प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता बुधबारदेखि सुरु हुँदैछ। नेपाल सरकारको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषदको संयोजकत्वमा नेपाल क्रिकेट संघ (क्यान)द्वारा सञ्चालित  प्रतियोगिता पोखरा र चितवनमा हुँदैछ।

केत्रीय क्रिकेट विकास समिति क्षेत्र नम्बर २ पोखराले प्रतियोगिताको आयोजना गरेको हो। राष्ट्रिय महिला टी-ट्वान्टी प्रतियोगितामा सशस्त्र प्रहरीको एक टीमसहित ९ वटा क्षेत्रीय टीमले प्रतिस्पर्धा गर्नेछन्। १० वटा टीमलाई समुह क र ख गरेर दुई समुहमा विभाजित गरिएको छ। समुह क मा क्षेत्र नम्बर १, ३, ५, ८ र सशस्त्र प्रहरी बलको टीम रहेका छन् भने समुह खमा क्षेत्र नम्बर २, ४, ६, ७ र ९ रहेका छन्।

यस्तो छ तालिका:

जेठ २७: सशस्त्र प्रहरी बल भर्सेस क्षेत्र नम्बर १, क्षेत्र नम्बर ८ भर्सेस क्षेत्र नम्बर ५, पोखरा रंगशाला/ क्षेत्र नम्बर ४ भर्सेस क्षेत्र नम्बर ९, क्षेत्र नम्बर ७ भर्सेस क्षेत्र नम्बर २, चितवन मैदान

जेठ २८: क्षेत्र नम्बर ३ भर्सेस क्षेत्र नम्बर ८, सशस्त्र प्रहरी बल भर्सेस क्षेत्र नम्बर ५, पोखरा रंगशाला/ क्षेत्र नम्बर ४ भर्सेस् क्षेत्र नम्बर ७, क्षेत्र नम्बर ९ भर्सेस क्षेत्र नम्बर ६, चितवन मैदान

जेठ २९: सशस्त्र प्रहरी बल भर्सेस क्षेत्र नम्बर ८, क्षेत्र नम्बर १ भर्सेस क्षेत्र नम्बर ३, पोखरा रंगशाला/ क्षेत्र नम्बर ६ भर्सेस क्षेत्र नम्बर ७, क्षेत्र नम्बर ४ भर्सेस क्षेत्र नम्बर २, चितवन मैदा

जेठ ३०: क्षेत्र नम्बर १ भर्सेस क्षेत्र नम्बर ५, सशस्त्र प्रहरी बल भर्सेस क्षेत्र नम्बर ३, पोखरा रंगशाला/ क्षेत्र नम्बर ६ भर्सेस क्षेत्र नम्बर २, क्षेत्र नम्बर ९ भर्सेस क्षेत्र नम्बर ७, चितवन मैदान

जेठ ३१: क्षेत्र नम्बर ३ भर्सेस क्षेत्र नम्बर ५, क्षेत्र नम्बर १ भर्सेस क्षेत्र नम्बर ८, पोखरा रंगशाला/ क्षेत्र नम्बर २ भर्सेस क्षेत्र नम्बर ९, क्षेत्र नम्बर ४ भर्सेस क्षेत्र नम्बर ६, चितवन मैदान

जेठ ३२: रेस्ट डे

असार १: सेमिफाइनल एक, सेमिफाइनल दुई, पोखरा रंगशाला

असार २: तेस्रो स्थान र फाइनल, पोखरा रंगशाला



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell