PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

आइसीसी टी ट्वान्टी छनौटमा नेपालको यस्तो जर्सी



काठमाडौँ : आइसीसी टी-ट्वान्टी छनौट प्रतियोगिताका लागि नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। सिंचाइ मन्त्री एनपी साउदले नेपाली टोलीका कप्तान पारस खड्कालाई टोलीले लगाउने जर्सी हस्तान्तरण गरेका हुन्। असार २४ देखि साउन १० (जुलाई ९ देखि २६ तारिख) गतेसम्म आयरल्याण्ड र स्कटल्याण्डमा खेलाइने टि-ट्वान्टी छनौट खेलमा नेपालले यो जर्सी लगाउने छ। 

जर्सी गाढा नीलो रंगमा रहेको छ। हातका बाहुला भने रातो रंगको रहेको छ। दायाँ हातको साइडमा नेपाल टेलिकमको विज्ञापन छ। जर्सीको तल्लो भागमा त्रिभुजाकार लाइनिङ छ। हेर्नुस् फोटो - 




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell