PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पानी बिनाको नागपोखरी



पानी बिनाको नागपोखरी

काठमाडौँ : ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्त्वपूर्ण काठमाडौँको नागपोखरीमा यतिखेर पानी छैन। ढलको फोहोर पानी पोखरीमा मिसिएपछि सफा गर्ने क्रममा पानी बाहिर फ्याँकिएको हो। 

यो पोखरी नेपालको काठमाडौं महानगरपालिका नक्साल वडा .नं १ मा छ। यस पोखरीको पूर्वमा सडक, पश्चिममा सडक पारी नारायणहिटी दरबार, उत्तरमा व्यापारिक भवन, दक्षिणमा सडक रहेको छ। यस पोखरीको लम्वाइ १२५' र चौडाइ ६५' छ। 

२०३३ सालमा नागपोखरी जीर्णोद्धार गरिएको थियो। त्यसैगरी खानेपानी तथा ढल निकास संस्थानको रेखदेखमा नागपोखरी र सो वरिपरिको ऐतिहासिक स्थलको जीर्णेध्दार तथा पुनर्निमार्ण कार्य २०४४ सालमा पनि गरिएको थियो। त्यतिबेला नै नागपोखरी र सो वरिपरिको ऐतिहासिक स्थलको संरक्षण, सम्वर्ध्दन तथा मर्मत संभारको लागि रू एक लाख एकको अक्षय कोष उपकार कोषबाट स्थापना पनि गरिएको थियो।

हाल नक्साल युवा मण्डल र नक्साल संरक्षण गुठीको सहकार्यमा संरक्षण र जीर्णोद्धार गरिँदैआएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell