PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु



तनहुँ : आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा विद्युत चुहिई रिसिङ गाविस वडा नं ६ स्थित गोर्दीका ४० वर्षीय दिलबहादुर रानाको मृत्यु भएको छ। 

मध्याह्न करिब १२ बजे मोबाइल चार्ज गर्दा करेन्ट लागेर सख्त घाइते भएका रानाको उपचारका लागि भिमादस्थित भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ।

शव परीक्षणका लागि सदरमुकामस्थित दमौली अस्पताल ल्याउँदै गरिएको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell