PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

राति अबेरसम्म बालुवाटारमा चार दलको बैठक, के निस्कियो त निश्कर्ष?



राति अबेरसम्म बालुवाटारमा चार दलको बैठक, के निस्कियो त निश्कर्ष?

काठमाडौँ : संविधानको एकीकृत मस्यौदा बनाउने क्रममा देखिएको विवाद समाधान गर्न मंगलबार प्रमुख चार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा साँझदेखि राति अबेरसम्म बस्यो।   

बैठकमा विवादित विषयमाथि छलफल भए पनि अन्तिम रुप दिन समय लाग्ने भएकाले बुधबार बिहान पुनः बैठक बसेर टुङ्ग्याउने नेताहरुले बताएका छन्। 

बैठकपछि गृहमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष बामदेव गौतमले विस्तृत रुपमा छलफल गर्नुपर्ने भएकाले भोलि बैठक बसेर टुङ्गो लगाउने विषयमा छलफल भएको बताए। 

त्यस्तै, एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बैठकमा मस्यौदा समितिमा भएको कामका बारेमा समितिको कार्यदलका तर्फबाट प्रमुख पार्टीका शीर्ष नेतालाई ‘ब्रिफिङ’ गर्दै १५ दिनभित्र नै मस्यौदालाई अन्तिम रुप दिने तयारी भइरहेको र त्यो काम पूरा गर्न सकिन्छ भन्ने विश्वास व्यक्त गरेको जानकारी दिए। 

उनका अनुसार मस्यौदा समितिको टोलीले केही विषयमा नेतृत्व तहमा छलफल गरेर निचोड निकाल्ने काम गर्न सकिए तीव्र रुपमा अघि बढाउन सकिन्छ भन्ने अनुरोध गरेकाले भोलि चार दलका एक÷एक शीर्ष नेता र मस्यौदा समितिका कार्यदलमा कार्यरत एक÷एक जना सदस्य बसेर छलफल गर्ने समझदारी भएको छ । 

बैठकमा प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारसहित मस्यौदा समिति कार्यदलका सदस्यहरु सहभागी थिए। 

भोलि बिहान ११ बजे बैठक बसेर संविधानको एकीकृत मस्यौदा बनाउने क्रममा देखिएको विवादबाट निश्कर्ष निकाल्ने चारदलबीच समझदारी भएको छ । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell