PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

राय संकलनमा त्रिपुरेश्वरमा सामान्य झडप, राप्रपा नेपालको प्रदर्शन



राय संकलनमा त्रिपुरेश्वरमा सामान्य झडप, राप्रपा नेपालको प्रदर्शन
सुझाव संकलन सुरु हुनुअघि राष्ट्रिय गानमा उठ्दै। फोटो: युपि लामिछाने

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले संविधानको मस्यौदामा जनताको राय सङ्कलन गर्ने कार्यक्रमलाई ‘नौटङ्की’ भन्दै विरोध प्रदर्शन गरेको छ। राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङ, सहप्रवक्ता मोहन श्रेष्ठ, नेता भरत जङ्गम, सभासद् सीता लुइँटेललगायतले आज त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा भइरहेको जनमत सङ्कलन कार्यको विरोध गरेका हुन्। 

त्रिपुरेश्वरमा उपप्रधान तथा सङ्घीय मामला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहसहित काठमाडौं क्षेत्र नं १ का जनप्रतिनिधिहरु जनताको राय सङ्कलनका लागि पुगेका छन्।

‘हिन्दू राष्ट्र कायम गर, धर्म निरपेक्षता खारेज गर, अखण्ड नेपाल जिन्दावाद, सनातन राष्ट्र नेपाल जिन्दावाद, विदेशी हस्तक्षेप बन्द गर, गोप्य कोठाको षड्यन्त्र बन्द गर’ जस्ता नारा लगाउँदै राय सङ्कलन स्थलमा पुगेका प्रदर्शनकारीले झडपको स्थिति निम्त्याएका थिए। तर प्रहरीले सामान्य बल प्रयोग गरेर स्थिति नियन्त्रणमा लिएको थियो। 

सहप्रवक्ता श्रेष्ठले सुझाव सङ्कलन कार्यको विरोध गरे पनि बिथोल्ने आफूहरुको नीति नभएको बताए। 'हिन्दू राष्ट्र, सङ्घीयता र गणतन्त्रजस्ता महत्वपूर्ण विषयमा जनमत सङ्ग्रह हुनुपर्छ भन्ने हाम्रो माग हो,' श्रेष्ठले भने।

राय सङ्कलनको विरोधमा राप्रपा नेपालले आज देशैभरि प्रदर्शन गरिरहेको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell