PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

​अब कोही हेपिनु पर्दैन, म विश्वास दिलाउँछुः प्रधानमन्त्री



​अब कोही हेपिनु पर्दैन, म विश्वास दिलाउँछुः प्रधानमन्त्री

नेपालगन्ज : प्रधानमन्त्री सुशील कोइरालाले जनता नै सबै शक्तिका स्रोत हुन् भन्ने मान्यतालाई अङ्गालेर संविधान जारी गरिने बताएका छन्। 

नेपालको संविधान, २०७२ प्रारम्भिक मस्यौदामाथि जनताको सुझाव सङ्कलन गर्न आज नेपालगन्जमा आयोजित सभालाई सम्बोधन गर्दै उनले तराई, पहाड र हिमालमा बस्ने सबै नेपालीको अधिकार सुनिश्चित हुने व्यवस्था संविधानले गर्ने बताए। 

“अब कसैले हेपिनु पर्दैन, म तपार्इंहरु सबैलाई विश्वास दिलाउँछु जनताको सबैखाले माग अब जारी हुने संविधानमा उल्लेख गरिने छ” — उनले भने। 

प्रधानमन्त्री कोइरालाले अगाडि भने– “सङ्घीयताका विषयमा उठाइएका शङ्का निरर्थक हो, संविधान बन्दैन कि भन्ने शङ्का गर्नु पनि भ्रम सिर्जना गर्नुमात्र हो। यो सबै हल्लाको पछि तपार्इंहरु कोही पनि नलाग्नु होला।” 

संविधान निर्माण भएपछि मुलुक नयाँ युगमा प्रवेश गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले लोकतान्त्रिक संविधान जारी गर्ने अभियानमा सम्पूर्ण नेपाली जनताको सकारात्मक र साझा प्रयास आवश्यक रहेको बताए। 

लोकतन्त्रमा बहुलवादको स्थान सधैँ सर्वोच्च रहने बताउँदै प्रधानमन्त्री कोइरालाले भने– “सबैले मुलुकको सर्वोत्तम हितका लागि मूल्य, मान्यता र आदर्शको बाटोमा हिँड्नुपर्छ।” 

“लोकतन्त्रका लागि धेरै जनता सहिद भए, धेरैले जेल जीवन बिताए, कतिपयले कष्टकर जीवनयापन गर्नुपर्‍यो, अब हामीले मुलुकको समृद्धिका लागि मिलेर काम गर्नुपर्छ, विध्वंशलाई अब ठाउँ छैन,” उनले भने। 

सभासद् बादसाह कुर्मीको सभापतित्वमा भएको सुझाव सङ्कलन कार्यक्रममा अर्का सभासद् गौरा प्रसाईंले जनताबाट आएका सुझाव मस्यौदामा समेटिने विश्वास दिलाए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell