PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

अभिनेता जयकिसनलाई ज्यान मार्ने धम्की !



अभिनेता जयकिसनलाई ज्यान मार्ने धम्की !

  • पहिलापोस्ट -
काठमाडौं : लगातार अपहरण र ज्यान मार्ने धम्की आएपछि निर्माता तथा अभिनेता जयकिसन बस्नेत प्रहरीकहाँ पुगेका छन्। चारदिनदेखि अज्ञात व्यक्तिले धम्की दिँदै बारम्बार टेलिफोन गरिरहेको बस्नेतले प्रहरीको बयानमा बताएका छन्। 
 
धम्कीको क्रम नरोकिएपछि महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा कार्यालय टेकु प्रमुख सर्वेन्द्र खनाललाई उनले जानकारी गराएका हुन्। एक व्यक्तिले राजधानीको बिजुलीबजारबाट आफूलाई 'उठाउने' प्रयास गरेको गुनासो पनि बस्नेतले गरे ।
 
पैसा लिनुपर्ने व्यक्तिबाट धम्की आएको अनुमान गरे पनि प्रहरी छानविन नहुँदा केही भन्न नमिल्ने बताए। ‘प्रहरीले केही दिनमा नाम सार्वजनिक गर्छ र कार्वाही अघि बढाउने विश्वास लिएको छु,’ बस्नेतले भने, ‘तर, मसँग कसैको पनि दुस्मनी छैन।’
 
आफूलाई लाजिम्पाटको 'डन' भन्नेले पनि टेलिफोन गरेको किसनले बताए। उनी अभिनित सिनेमा ‘भैरव’ भदौ ११ गते रिलिज हुँदैछ। यसअघि उनले ‘तँ त साह्रै सप्रिस नि बद्री’, ‘दुई दुना पाँच’, ‘पार्टनर’ निर्माण गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell