PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

नेपालमा सुटिङ गर्न चाहन्छु : अजय देवगन



नेपालमा सुटिङ गर्न चाहन्छु : अजय देवगन

  • पहिलोपोस्ट -
काठमाडौँ :  एक्सन अभिनेता अजय देवगनले आफू नेपालमा फिल्म सुट गर्न इच्छुक रहेको बताएका छन्। भारतीय फिल्म वेबसाइट बलिउडहंगामा डटकमसँगको भिडियो अन्तवार्ताको क्रममा अजयले भने, ‘म नेपालमा सानो छँदा एकपटक पुगेको थिएँ। त्यस यता त्यहाँ जान पाएको छैन। नेपालमा फिल्म सुट गर्न मलाई अति नै रहर लागेको छ’ अजयले भिडियोमा भनेका छन्।

अजयका अनुसार सिंघम ३ र गोलमाल ४ को स्क्रिप्ट लेखन भैरहेको छ ।

अजयसँगै बलिउड अभिनेत्री तब्बुले पनि नेपालमा फिल्म सुट गर्न चाहेको अजयको भनाइमा साथ दिएकी छन्।

अजय र तब्बु स्टारर सिनेमा ‘दृश्यम’ शुक्रबार नेपालमा रिलिज हुँदैछ । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell