PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

आइसिडी जडान गरिएका पारस आफै गाडी हाँकेर अस्पतालबाट घर फर्किए



आइसिडी जडान गरिएका पारस आफै गाडी हाँकेर अस्पतालबाट घर फर्किए

काठमाडौँ : मुटुको गतिमा केही अनियमितता देखिएपछि अस्पताल भर्ना भएका पूर्व युवराज पारस शाह चौथो दिन आफै गाडी हाँकेर घर फर्किएका छन्।  

कालो चश्मा र रातो कुर्ता लगाएका पारस आफै गाडी हाँकी सहयोगीका साथ नर्भिकबाट निस्किएका थिए। 



आइतबार थापाथलीको नर्भिक अस्पताल भर्ना गरिएका पारसको मुटुको गतिलाई नियमित गर्न सोही साँझ आइसिडी (इम्प्लान्टेवल कार्डियोभर्टर डेफिब्रिलेटर) जडान गरिएको थियो। 

वरिष्ठ हृदयरोग विशेषज्ञ डा भारत रावत र डा सुजीव राजभण्डारीको टोलीले शल्यक्रिया गरी आइसिडी जडान गरेपछि ४३ वर्षीय पूर्व युवराज शाहलाई सुरुमा सिसियुमा र त्यसपछि प्राइभेट वार्डमा सारिएको थियो।

आठ वर्षअघि ह्रदयाघात हुँदा पनि पारसलाई यही अस्पतालमा भर्ना गरिएको थियो। ज्ञानेन्द्रसहित राजपरिवारले नारायणहिटी दरबार छाडेपछि सन् २००७ को सेप्टेम्बर ६ मा पनि मुटुको तल्लो भागको नलीमा रक्त सञ्चार बन्द भएपछि चिन्ताजनक अवस्थामा थापाथलीको नर्भिक अस्पतालमा पुर्‍याइएको थियो। त्यतिबेला उनी पाँच दिन अस्पताल बसेका थिए।

दुई वर्षअघि थाइल्यान्डमा रहँदा पनि उनलाई ह्रदयाघात भएको थियो। चिन्ताजनक अवस्थामा बैँककको समितिवेज सुखुम्विट अस्पतालमा पुर्‍याइएका उनी लामो समय कोमामा रहे पनि पुनर्जीवन पाएका थिए। 

थाइल्यान्डबाट गत चैतमा स्वदेश फर्किएपछि उनी एक्लै बस्दै आएका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell