PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

स्कटल्यान्डसँगको खेल हेर्न कर्नाल बोकी नेपाली समर्थक मैदानमा नाच्दै



स्कटल्यान्डसँगको खेल हेर्न कर्नाल बोकी नेपाली समर्थक मैदानमा नाच्दै
फोटो : क्रिकेट स्कटल्यान्ड

काठमाडौं: स्कटल्याण्डको आयर मैदानको हिलो भएका कारण नेपाल र स्कटल्याण्डबीचको क्रिकेट खेल सुरु हुन सकेको छैन। विश्व क्रिकेट लिग च्याम्पियनसीपमा नेपालले आज पहिलो खेल खेल्दैछ। अपरान्ह साढे ३ बाट सुरु हुने खेल ब्याकवार्ड प्वाइन्ट र मिड अफमा हिलो मैदानका कारण रोकिएको छ। ५० ओभरको खेल घटाएर ३६ ओभर बनाउन सक्ने संभावना छ। 

नेपाली फ्यान नाच्दै। फोटो : क्रिकेट स्कटल्यान्ड
अम्पायरले मैदानको स्थानीय समयअनुसार साढे ११ बजे निरीक्षण गरेका थिए। मैदान निरीक्षणपछि अम्पायर खुसी देखिएनन्। उनीहरुले पुन: एकघन्टापछि साढे १२ बजे मैदानको निरीक्षण गर्नेछन्। 


दुई क्याप्टेन। फोटो : क्रिकेट स्कटल्यान्ड
मैदान सुक्खा भएमा नेपाल र स्कटल्याण्डबीचको खेल हुनेछ। तर निर्धारित समयभन्दा लगभग ३ घन्टा ढिला खेल सुरु हुँदा ५० ओभरकै खेल सम्भव हुनेछैन। ओभर संख्या घटाइनेछ। मैदानमा अहिले पानी नपरेकोले खेल सुरु हुन सक्ने अनुमान छ। 

सम्बन्धित समाचार: ​विश्व क्रिकेट लिग च्याम्पियनसीपमा नेपालको डेब्यू खेल, आज स्कटल्यान्डसँग भिड्दै 

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा खेल्दै नेपाल, २०१९ को विश्वकपमा छनौट हुने मौका 

नेपालले आज आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीपमा 'डेब्यु' गर्दैछ। नामिबियामा यसै वर्ष भएको आइसीसी डिभिजन दुईमा नेपालले गरेको प्रदर्शनका आधारमा नेपालले लिग च्याम्पीयनसीप खेल्ने मौका पाएको हो।  

भर्खरै सकिएको आइसीसी विश्व टी-ट्वान्टीको छनौटको विजेता टीमसँग पुछारबाट दोस्रोमा रहेको नेपालकालागि यो खेल टी-ट्वान्टीको निराशाजनक नतिजा उल्ट्याउने मौका पनि हो। 'विगत केही हप्तादेखि युरोपको कन्डिन्समा खेलिरहेका हामी यहाँको अवस्थासँग बिस्तारै बानी पर्दैछौं,' नेपालका कप्तान पारस खड्का भन्छन्, 'एउटा समूहको रुपमा हामीले आफुलाई दह्रो बनाउनु पर्छ र हामीले विगतमा आयरल्याण्डमा गरेको प्रदर्शनलाई सुधार गर्नुपर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell