PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

रामचन्द्र पौडेल भन्छन्, पार्टीमा धेरै अन्याय भोगेँ




काठमाडौँ :  नेपाली काँग्रेसका उपसभपाति रामचन्द्र पौडेलले महाविधेशन नजिकिदै गएको सन्दर्भमा पार्टीका नेता एवम् साथीसँग केही सल्लाह गर्न बाँकी रहे पनि कुनै पनि आधारमा आफू नेतृत्वको दावीबाट फर्कने अवस्था नरहेको बताएका छन्। 

“पार्टीमा मैले धेरै अन्याय भोगेको छु, कुनै पनि आधारमा अब मैले फर्कन मिल्ने अवस्था छैन,” उपसभापति पौडेलले राजधानीमा आयोजित कार्यक्रममा भने। 

“आफ्नो स्वार्थका लागि पार्टी, प्रजातन्त्र र राष्ट्रलाई जोखिममा पार्ने काम विगतमा कसले गरेको छ त्यसको मूल्याङ्कन हुनुपर्छ, गुटबन्दी, चाटुकारिता र दासानुदास बन्ने प्रवृत्तिलाई त्याग्नुपर्छ,” उपसभापति पौडेलले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell