PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

​१२ वर्षपछि ‘फागु’ मनाउदै करिश्मा



​१२ वर्षपछि ‘फागु’ मनाउदै करिश्मा

काठमाडौंः १२ वर्षपछि नेपाली फिल्म क्षेत्रमा करिश्मा मानन्धरको पुनरागमन निश्चित भएको छ। उनी अभिनित फिल्म ‘फागु: द कलर अफ लाइफ’को अफिसियल रिलिज मिति घोषणा भएको छ। 

आउँदो फागुन ७ गते अर्थात प्रजातन्त्र दिवसमा फिल्म प्रदर्शन हुने जानकारी निर्देशक सम्झना उप्रेती रौनियारले दिइन्। फिल्मलाई एफडी कम्पनीले वितरण गर्ने भएको छ। 

शिल्पा पोखरेल, सुवास पराजुली, राजेश हमाल, गौरी मल्ल, बसन्त भट्टको मुख्य भूमिका रहेको फिल्ममा सोसल ड्रामा जानरामा राखिएको छ। वीरगंज र वरपर खिचिएको सिनेमाले मधेशी युवतीको संघर्ष पेश गर्छ। 

दशकपछि करिश्मा मानन्धर निर्मात्रीको रुपमा कमब्याक भएकी हुन्। यसअघि उनले यसअघि ‘बाबुसाहेब’ सिनेमा निर्माण गरेकी थिइन्। नारी प्रधान सिनेमामा शिल्पा पोखरेलको मुख्य भूमिका छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell