PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

​राष्ट्र बैंकमा १४ जना कार्यकारी निर्देशकको सरुवा



​राष्ट्र बैंकमा १४ जना कार्यकारी निर्देशकको सरुवा

काठमाडौं: नेपाल राष्ट्र बैंकले १४ जना कार्यकारी निर्देशकको सरुवा तथा पदस्थापना गरेको छ। डा. चिरञ्जिवी नेपाल गभर्नरमा नियुक्त भएपछि पहिलो पटक विशिष्ट श्रेणीका अधिकारीहरुको व्यापक सरुवा गरिएको हो।

राष्ट्र बैंकले भुक्तानी व्यवस्थापन हेर्ने नयाँ विभाग गठनसहित १४ जना कार्यकारी निर्देशकको सरुवा गरेको हो। बैंक तथा वित्तीय संस्थाको नियमन विभागबाट मनमोहनकुमार श्रेष्ठलाई आन्तरिक लेखा परीक्षण विभाग पठाइएको छ। नियमन विभागको जिम्मेवारी शिवनाथ पाण्डेलाई दिइएको छ। उनी यही विभागमा थिए।

प्रदिपराज पाण्डेलाई बैंकर्स ट्रेनिङ सेन्टरबाट वित्त व्यवस्थापन विभागमा ल्याइएको छ। यसैगरी त्रिलोचन पंगेनी आन्तरिक लेखा परीक्षण विभागबाट गभर्नर कार्यालयमा सरुवा भएका छन्। 

अनुसन्धान विभागका कार्यकारी निर्देशक मीनबहादुर श्रेष्ठलार्य राष्ट्र ऋण विभाग पठाइएको छ भने उनको ठाउँमा ऋण विभागका नरबहादुर थापालाई पठाइएको छ। बैंकिङ कार्यालयका शिवराज श्रेष्ठलाई जनशक्ति विभागमा ल्याइएको छ। 

गभर्नरमा नेपाल आएपछि जनशक्ति विभाग सरुवा गरिएको नारायण पौडेललाई बैंक सुपरिवेक्षण विभागमा ल्याइएको छ। बैंक सुपरिवेक्षणका लक्ष्मीप्रपन्न निरौलालाई सामान्य सेवा विभागको जिम्मेवारी दिइएको छ।

मुद्रा व्यवस्थापनका चिन्तामणि शिवाकोटीलाई कार्यकारी निर्देशकका रुपमा त्यही विभागमा पदस्थापन गरिएको छ। साथै भीष्मराज ढुंगाना पनि विदेशी विनिमय विभागमै कार्यकारी निर्देशकका रुपमा पदस्थापन भएका छन्। 

वित्तीय व्यवस्थापन विभागका राजनविक्रम शाहलाई  बैंकिङ कार्यालय पठाइएको छ भने नयाँ गठन गरिएको भुक्तानी तथा फर्च्छौट विभागमा महेश भट्टराईलाई लगिएको छ। उनी संस्थागत योजना विभागमा थिए। उनको ठाउँमा सामान्य सेवा विभागका शंकर आचार्यलाई लगिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell