PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कमल थापाले रोपेको बिषवृक्ष



  • रामप्रसाद रिसाल-
देश हिन्दूराज्य थियो, अहिले धर्म निरपेक्ष छ। अब फेरि हिन्दूराज्य हुदा वा नहुँदा तात्विक रुपले कुनै असर पर्दैन। मात्र लेखिने हो। 
 
हिन्दूराज्यको वकालत गर्नेले पनि त्यो हुँदा देशमा यस्तो-यस्तो हुनुपर्छ भनेर केही भनेका छैनन् र बिरोध गर्नेले पनि यस्तो हुनुपर्छ भनेर केही भनेका छैनन् - यो मात्र शब्दको लडाइँ हो। 
 
राजाको शासन ढलेर जब गणतन्त्र आयो कमल थापालाई खुला राजनीतिमा आउनुपर्ने बाध्यता भयो - नत्र उनी सिधै मनोनयन भएर शासन गर्थे, मनोनयन गर्ने बाहेक अरुप्रति जवाफदेही हुनुपर्दैन थियो। खुला राजनीतिमा आउन र टिकिरहन एजेन्डा चाहिन्छ र चतुर उनले हिन्दूराज्यको पासा प्रयोग गरे र सफल पनि भए। नत्र राजाको शासन ढलेको धेरै समय नहुदै उनले त्यति मत (संविधानसभामा २५ सिट) पाउँदैन थिए सायद। न त उनका तर्कमा दम छ न त आँकडामा।
 
उनी देशमा बिगतका बर्षहरुमा क्रिस्चियनहरु बढेको आंकडा दिन्छन् तर विदेशिनेको संख्या बिर्सिन्छन् ! बिगत केही बर्षहरुमा विदेशिनेहरुको संख्या ह्वात्तै बढेको छ। क्रिस्चियनहरुको संख्या बढ्नु र युरोप अमेरिका जाने नेपालीहरुको संख्या बढ्नु संगै राखेर हेरिनुपर्छ। देशमा क्रिस्चियानिटीको प्रचार गरेको आरोप लाग्ने इयुका प्राय: सबै मुलुकमा हिन्दु र बौद्ध धर्मसंग सम्बन्धित मन्दिरहरु छन् र उनीहरुका नागरिक पनि साह्रै थोरै होलान् तर हिन्दू र बौद्ध धर्म मान्ने छन्। कसैको बहकावमा वा करकापमा कसैले धर्म परिवर्तन गर्छ भने त्यो शिक्षाको कमीले हो। यसका लागि कानुन बनाउनु वा संबिधानमा लेख्नु भन्दा नि जनता शिक्षित बनाउनु जरुरी हैन र? 
 
उनले आफ्नो स्वार्थका लागि अंगालेको एजेन्डा उनका लागि त फलदायी भयो तर देशकालागी बिषवृक्ष। जनमत जहिले पनि "जन"को नेचरमा भरपर्छ हैन भने नत खुमबहादुरले जनलहर उतार्न नै सक्थे न जेपी गुप्ताले। न त हामीले यीनै निकम्मा नेताहरुबाट दशकौ शासित हुनुपर्थ्यो। यसर्थ: जनमत संविधानमा हिन्दूराज्य लेखिनुपर्छ भन्नेको  पक्षमा छ भन्नेमा शंका छैन।  झन् धर्म जोडिने बित्तिकै हामी धेरै भावनात्मक हुन्छौं।
 
भलै संबिधानमा हिन्दूराज्य लेखिनुहुन्न भन्ने "जन"हरु पनि देश ठप्प पार्न प्रशस्त छन्। यसर्थ: संबिधानमा हिन्दूराज्य  लेखिए पनि वा नलेखिएपनि टायरहरु जल्न तत्पर भएर बसेका छन्। यसो गरौ - न यो न त्यो, संविधानमा धर्मको "ध" नि नलेखुम, यसो गरे कसो होला? 
 
लिस्बन पोर्चुगल
इमेल : [email protected]



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell