PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

​कास्की पहिरोमा मृतक संख्या ३१ पुग्यो, ८ जना अझै बेपत्ता



​कास्की पहिरोमा मृतक संख्या ३१ पुग्यो, ८ जना अझै बेपत्ता
फोटो: peacepokhara.com

पोखरा: कास्कीका तीन गाविसमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३१ पुगेको छ।

शुक्रबार लुम्ले ६ कि ७२ वर्षिया सियोधरी देवकोटाको शव भेटिएपछि मृतकको संख्या ३१ पुगेको छ। बुधबार राती भीषण वर्षापछिको पहिरोले कास्कीको लुम्लेमा २४, भदौरेतामागीमा ५ र ढिकुरपोखरीमा २ जनाको मृत्यु भएको छ।

लुम्लेमा बेपत्ता भएका चार जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। त्यहाँ पहिरोले घर पुरिँदा ६८ बर्षका ईन्द्रप्रसाद देवकोटा, ६२ बर्षका रुद्रवति देबकोटा, पाँच बर्षिया कविता शेर्पा र पाँच महिनाकी अन्जिला शेर्पा वेपत्ता छन्। 

भदौरेतामागी गाविस ५ का पाँच बर्षिय विश्व पराजुली, ७ बर्षिय समिर पराजुली, १० बर्षिय मनबहादुर सुनार र १० महिनाका वालक किस्मत सुनार पनि अझै बेपत्ता छन् । दुबै गाविसमा बेपत्ताको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी शुक्रबार बिहानैदेखि खटिएका छन्। 

पहिरोमा परेर घाइते भएका ८ जनाको पश्चिम क्षेत्रीय अस्पताल पोखरा र ८ जनाको मणिपाल अस्पतालमा उपचार भइरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell