PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​हिन्दूराष्ट्र माग गर्दै दाङ बन्द



दाङ: संविधानमा हिन्दूराष्ट्र राख्नुपर्नेलगायतका माग राखेर स्वधर्म संस्कृति संरक्षण अभियान, हिन्दू जागरण अभियानलगायतका विभिन्न संस्थाले आह्वान गरेको दाङ बन्दका कारण शुक्रबार बिहानैदेखि जिल्लाको जनजीवन प्रभावित बनेको छ। 

बन्दका कारण बिहानैदेखि लामो तथा छोटो दूरीमा सवारीका साधन नचलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। त्यसैगरी, जिल्लाका तुलसीपुर, घोराही, नारायणपुर, लमही, भालुवाङबजार पनि बिहानैदेखि पूर्णरुपमा बन्द रहेका छन्। 

त्यसैगरी, शिक्षण संस्था, कलकारखाना पनि बन्द नै छन्। बिहानैदेखि तुलसीपुर बजारका ठाउँठाउँमा पसल बन्द गराउनका लागि बन्दकर्ता हिँडेका देखिन्थे भने बजारमा सुरक्षाकर्मीको परिचालन पनि बाक्लो रहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell