PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मानहानी गर्ने अनलाइनलाई कारबाही गर्न ज्योति मगरको उजुरी



मानहानी गर्ने अनलाइनलाई कारबाही गर्न ज्योति मगरको उजुरी

काठमाडौँ : लोकगायिका ज्योति मगरले आफूसँग सम्बन्धित नै नभएका समाचारहरु विभिन्न अनलाइन पोर्टलहरुले प्रकाशित गरी मानहानी गरेको भन्दै कारबाहीका लागि प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका छन्।

बुधबारदेखि सामाजिक सञ्जालमा एउटा गीतको सुटिङका क्रममा कुटिएको चर्चा चलेको थियो। पहिलोपोस्टसँग अन्तर्वार्ताको क्रममा उनले आफू हैरान भइसकेको भन्दै साइबर क्राइम अन्तर्गत मुद्दा हाल्नुपर्ला जस्तो भइसकेको बताएकी थिइन्।

प्रेस काउन्सिलमा दर्ता गराइएको उजुरीमा ज्योतिले प्रेस काउन्सिलमा दर्ता भएका अनलाइनहरु हुन् भने आचार संहिता अन्तर्गत कारबाही गराई पाउन र दर्ताविहीन अनधिकृत हुन् भने साइबर क्राइम डेस्कबाट कारबाही हुने गरी सिफारिश पत्र उपलब्ध गराइ पाउन निवेदन दिएकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell