PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कट्रिना कैफ प्रवल गुरुङको डिजाइनमा



कट्रिना कैफ प्रवल गुरुङको डिजाइनमा

हलिउडपछि अब बलिउडको पालो । दुनियाँका यी ठूला मनोरन्जन उद्योगका ठूला नामहरु नेपाली फेसन डिजाइनर प्रबल गुरुङको पहिरनमा सजिन मरिहत्ते गर्न थालेका छन् । 

मिसेल ओबामा, केट मिडलटनसहित हलिउडमा लेडी गागा, सराह जेसिका पार्कर, जेनिफर लरेन्सपछि रुचि मुम्बईतर्फ बढ्न थालेको छ । दीपिका पादुकोण, प्रियंका चोपडा, सोनम कपुरपछि अब प्रबलको वार्डरोव लगाउने सूचिमा थपिएकी छिन् गर्जियस कट्रिना क्याफ । 

यो साता बलिउड अभिनेत्री कट्रिनाले प्रबलको डिजाइनमा आफूलाई सजाइन् । अक्षयकुमारको फिल्म ‘ब्रदर्स’ हेर्न कट्रिना प्रबलको नीलो रङको क्लासिक मउल्ड ड्रेस लगाएर हल पुगेकी थिइन् । यो वार्डरोवमा निकै ग्ल्यामर्स देखिएकी कट्रिनाको यो फेसन स्टेटमेन्टको चर्चा निकै भयो । 

यो वानपिस लगाएर हल पुगेकी कट्रिनाले क्यामेरापर्सनको ध्यान मज्जैले तानिन् । उनी प्रेमी रणवीर कपुरसँग हल पुगेकी थिइन् । प्रायः जिन्स र क्याजुअल ड्रेसमा देखिन रुचाउने कट्रिनाको यो फर्मल ड्रेसअपले फेसन सर्कलमा चर्चा बटुलेको छ । 













@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell