PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

४५ लागिन् मनिषा कोइराला



४५ लागिन् मनिषा कोइराला

अभिनेत्री मनिषा कोइराला ४५ वर्ष लागेकी छिन्। राष्ट्रसंघीय नियोग जनसंख्या कोषकी दूत समेत रहेकी मनिषाले सन् ९० को दशकदेखि बक्सअफिसमा राज गर्दै आएकी थिइन्। 

सन् १९८९ को नेपाली फिल्म ‘फेरि भेटौंला’देखि सुरु भएको उनको सिनेमा करिअर सन् १९९१ मा ‘सौदागर’ अभिनयसँगै बलिउडमा प्रवेश भएको थियो। डेब्यु फिल्म नै सुपरहिट भएपछि मनिषाको बलिउड भाग्य चम्किएको थियो। 

राजनीतिक परिवारमा जन्म लिएकी मनिषा कांग्रेस संस्थापक नेता बीपी कोइरालाकी नातिनी हुन्। आफ्नो स्वर्णकालमा मनिषाले ‘१९४२ : अ लभस्टोरी’ १९९४, ‘अग्नि साक्षी’ १९९६, ‘गुप्त’ १९९७ जस्ता ठूलो बजेटका फिल्ममा अभिनय गरेकी थिइन् ।

बम्बे, अकेले हम अकेले तुम, खामोसी, द म्याजिकल, दिल से उनका चर्चित फिल्म हुन् । तीनपटक फिल्मफेयर क्रिटिक्स अवार्ड र चारपटक फिल्मफेयरमा उत्कृष्ट अभिनेत्री विधामा मनोनयन भएकी थिइन् । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell