PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

​करन जोहरको फिल्ममा शाहरुख र आलिया जोडी



​करन जोहरको फिल्ममा शाहरुख र आलिया जोडी

  • पहिलोपोस्ट-
करन जोहरको आगामी फिल्ममा शाहरुख खान र आलिया भाटले जोडी बाँध्ने भएका छन्। ट्वीटरबाट निर्णय घोषणा गर्दै करनले धर्मा प्रोडक्सन र रेड चिल्लीले मिलेर फिल्म बनाउन लागेको उल्लेख गरे।
 
डेब्यु फिल्म ‘इङ्लिस भिङलिस’बाटै चर्चा बटुलेकी निर्देशक गौरी सिन्धे नयाँ फिल्मकी निर्देशक हुनेछिन्। करन जोहरको कार्यालयमा शाहरुखसँग भेट भएको केही घन्टामै ट्वीटरमा यस्तो सूचना आएको हो।

शाहरुखले आफूभन्दा दोब्बर कम उमेरकी आलियासँग रोमान्स गर्न लागेका हुन्। पछिल्लो समय सम्बन्ध बिग्रिएको ठानिएका करन र शाहरुखको यो टीमअपलाई बलिउडमा पुनः एकता भएको रुपमा व्याख्या गरिएको छ।

प्लटबारे खुलासा नगरिएपनि ठूलो र सानो उमेरका युवाबीच हुने क्रसलाई लिएर कथा बुन्न लागिएको अड्कल काटिएको छ। शाहरुखका दुई फिल्म ‘फ्यान’ र ‘रइस’ अहिले रिलिज पाइपलाइनमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell