PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मल्टिप्लेक्समा ‘होस्टेल रिटर्न्स’ आक्रामक थालनी, क्युएफएक्सको साइट नै डाउन



मल्टिप्लेक्समा ‘होस्टेल रिटर्न्स’ आक्रामक थालनी, क्युएफएक्सको साइट नै डाउन

काठमाडौंः आजदेखि प्रदर्शनमा आएको ‘होस्टेल रिटर्न्स’ले मल्टिप्लेक्समा आक्रामक थालनी गरेको छ। क्यूएफएक्स, बिग, गोपिकृष्णसहितका मल्टिप्लेक्समा फिल्मको बिहानी सोको अकुपेन्सी ८० देखि शतप्रतिशतसम्म देखियो। 

गोपिकृष्णको एक हजार क्षमताको गोपी अडिटोरियम शतप्रतिशत रह्यो। ६ सय २५ क्षमताको कृष्ण हाउसफुल देखियो। नमः अडिटोरियमको अकुपेन्सी ८० प्रतिशत रह्यो। ‘होस्टेल रिटर्न्स'को तुलनामा बलिउडको ‘अल इज वेल’ चलेन। मुस्किलले केहीले मात्र हिन्दी फिल्म हेरे’ गोपिकृष्ण वितरण प्रमुख प्रदीप दाहालले भने। 

क्यूएफएक्सको सेन्ट्रल सिनेमा, कुमारी सिनेमा र जय नेपालमा पनि उच्च अकुपेन्सी देखिएको जनाइएको छ। सिभिल मलस्थित सेन्ट्रल सिनेमाको बिहानी अकुपेन्सी ९५ प्रतिशत रहेको हल म्यानेजर शंकर नेपालले बताए। 

क्यूएफएक्सकै नारायणगढस्थित जाल्मा, पोखराको कल्पना, हेटौंडाको ओम्याक्स मल्टिप्लेक्स समेत खचाखच रहेको सम्बन्धित हल संचालकले बताए। ‘शनिबार लगायतका दिनमा फिल्म अझै राम्रोसँग अघि बढ्ने देखिएको छ’ पोखराको कल्पना हल संचालक उत्तम द्धाले भने। 

नेपाली फिल्मको तुलनामा हलिउडको फ्यान्टास्टिक फोर र अल इज वेल बिहानी सोजमा निकै कम रहे। लामो समयपछि नेपाली फिल्मले विदेशी फिल्मलाई चुनौती दिएको हो। 

मुख्य मल्टिप्लेक्स क्यूएफएक्सले आफ्नो वेबसाइट डाउन भएको जनाएको छ। होस्टेल रिटर्न्स रिलिजको बिहानदेखि साउट नखुलेको जनाइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell